होलेरी- राेल्पामा मिनिट्रक दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएको छ।
रा१ख २१३१ नम्बरको मिनि ट्रक गएराति १२ बजेतिर सापडाडा-होलेरी सडक खण्डस्थित रुन्टीगढी ६ नं वडाको स्यालास्थित दुर्घटनामा ईलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ।
रुन्टिगढी गाउपालिका-६ निगालपानी रोल्पाका क ३२ वर्षिय चालक महेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त मिनि ट्रकमा रहेकका रुन्टिगढी गाउँपालिका -६ स्यालाका ८ वर्षिय सुजन रावत घाइते भएको प्रहरीले जनाएको छ।
मिनि ट्रक उकालो बाटोमा फर्काउने क्रममा अचानक ब्याक हुन गई अनियन्त्रित भएर सडकबाट करिब ६५ मिटर तल खसेकाे थियाे।
तस्वीर:विवश बुढाथोकी