ताजा अपडेट

तनहुँ दुर्घटनामा उद्धार कार्य तीव्र, डोरीबाट जाँदै प्रहरी

काठमाडौं :  तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा सुरक्षाकर्मीले तीव्र रूपमा उद्धार गरिरहेको छ।

ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्‍यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र  रूपमा उद्दार गरिरहेको हो।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घाइते र हताहतीको संख्या यकिन हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस