काठमाडौँ । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक विनु शाहीको कमाण्ड सिप खोसिएको छ । उपत्यका प्रहरी कार्यालयका रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको जानकारी दिईन ।
आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।
बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।
कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् ।
शुभकामना