ताजा अपडेट

दाङमा सौचालय गएका कदी फरार

घोराही-दाङमा प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति फरार भएका छन्।
मोबाइल चोरेको कसुरमा तीन दिनअघि प्रहरीद्वार पक्राउ परेका दाङ घोराहीका विवेक नेपाली सौचालय जाने बहानामा फरार भएका हुन्।

स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेका हुन्।
शौचालय जान्छु भनेका नेपाली भागेपछि उनको अहिले खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन् ।
नेपालीलाई खोज्न अहिले घोराहीमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस