काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता मेटमनी चौधरीले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यहि बर्ष पक्राउ पर्ने ठोकुवा गरेका छन्।
मंगलबार पत्रकारहरुसंग कुराकानी गर्दै नेता चौधरीले यस्तो खुलासा गरेका हुन्।सुन काण्ड लगाएत अन्य धेरै काण्डमा ओलीको संलग्नता रहेकाले पक्राउ पर्ने डरका कारण एमालेले संसद अवरुद्ध गर्ने लगाएत अनेकौं बिरोधका श्रृङ्खला गरेको उनको आरोप रहेको छ।
पत्रकारहरुको पुर्व प्रधानमन्त्री समेत रहेका केपि ओलीलाई पक्राउ गर्न संवभ छ त?भन्ने प्रश्नमा समाजवादीका नेता चौधरीले केपी ओली यहि बर्ष नै प्रक्राउ पर्ने ठोकुवा गरेका हुन्।पुर्व गृहमन्त्री पक्राउ हुने पुर्व प्रधानमन्त्री पक्राउ नहुने भन्ने छ?भनेर प्रतिप्रश्न समेत गरेका छन्।
आफूले बोलेको कुरा खेर नजाने नेता चौधरीको भनाई रहेको छ।