ताजा अपडेट

यदि २०५२ सालमा रोल्पा रुकुम नजागेको भए,प्रचण्डले हिम्मत नगरेको भए…

म आजकाल बेला-बेला गहिरिएर सोच्ने गर्छु।यदि २०५२ शालमा रोल्पा,रुकुम नजागेको भए।देशमा महान क्रान्ति १० वर्षे जनयुद्ध नभएको भए,यदि प्रचण्ड नामको मान्छेले जनयुद्धको नेतृत्व गर्ने शाहस
नगरेको भए,यदि माओवादी पार्टी नजन्मेको भए,
दलित जनजाती महिला थारु मधेसी न जागेको भए,
यदि गरिब पिछडिएका जाती समुदाय न जागेको भए,
आज देश त्यही काङ्ग्रेस एमाले राजा र पुजीवादीहरुले आफ्नो मुठ्ठिमा राखेर खेलाउन जस्तै खेलाइ रहेको हुन्थे होला।

अनि लाखौं नेपाली जनता त्यही माथी पनि गरिब बेसहारा पिछडिएका जनताले दुख पाइरहेका हुन्थे होला। एउटा बन्द कोठामा निसासिएर टुलुटुलु हेरिरहेका हुन्थे रोहिरहेका हुन्थे होला।आज समाजमा बर्गिय विभेद,जातीय विभेद,धार्मिक विभेद आदि आदि नराम्ररी झाङ्गिएको हुन्थ्यो होला।यद्यपि १७ हजार महान योद्धाहरुले आफ्नो नाम सहिदको लिस्तमा अर्पण गर्नु चाहि पर्दैन थियो होला। तर के लाखौं बेसहारा जनताको हक अधिकार को निमित्त जनयुद्ध हुनु नभएको भए?आज चम्किरहेका सर्वाहारा अनुहारहरु उहिलाइ रहेका हुन्थे होला।न्याय खोजिरहेका हुन्थे होला।सोच्ने गर्छु के जनयुद्ध आवश्यक थिएन त?के तत्कालीन समयमा परिस्थितिले क्रान्ति मागेको थिएन त?अवश्य मागेको थियो।

हजारौं आमा लाई अधिकार दिनु लाखौं महिलालाई पुरुष प्रधानता प्रवृत्तिबाट मुक्त गर्नु सबै देन जनयुद्धकै थियो।के लाखौं थारु हरुलाई कमैयाबाट मुक्त गर्नु जनयुद्धको गल्ती थियो त?के देशै भरिका दलितलाई पानी समेत छुन नदिने घोर अमानवीय परम्पराबाट राज्यको महत्त्वपूर्ण हिस्सा बनाउदा के जनयुद्धले गल्ती गर्‍यो त?आज देश कै आधा भन्दा बढी जनसंख्या भएको जनजातीलाई पुर्ण रुपमा अधिकार दिलाउँदा के जनयुद्ध ले गल्ती गर्‍यो त ?आज जनयुद्धका बारेमा सत्यतथ्य नबुझेर अनेकौं भ्रमहरु फिजाउने गरिएको पाइन्छ।

आउनुहोस् जनयुद्धको बारेमा खुल्ला बहस गरौं।काम गर्दै जाँदा केहि कमजोरी पनि भएका होलान्। जनयुद्धको नाममा केही व्यक्तिबाट गल्ती हुन सक्छ तर के त्यसो हुँदै गर्दा जनयुद्धको उद्देश्य नै खराब थियो त ?
आज हामी ९ औं संविधान दिवसको हर्षोल्लासको साथमा मनाइ रहँदा यसको मुख्य सुत्रधार जनयुद्धलाई बिर्सनु हुँदैन।महान जनयुद्धकै बलमा देशमा संघीयता,धर्म निर्पेक्षता र गणतन्त्र जस्ता महत्व जनहितमा आधारित परिबर्तनहरु आएका हुन्।

अन्तिममा यो संविधान ल्याउन आफ्नो ज्यानको बलिदान गर्ने महान सहिदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै ९ औं संविधान दिवसको सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुवाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस