विगत लामो समय देखि परम्परा जस्तो गाउँ छोड्न र बिदेश गएर कर्म गर्ने प्रथा समाजमा बसिरहेको छ।
मेरो गाउँ दाङको पहाडी भेग हो। साविकको चार वटा गाबिसबाट बंगलाचुलि गाउँपालिका बनेको छ।गाउँ बस्तिमा म पुग्दा निकै दु:खद समाचार सुनाउने गर्छन्।
६०/७० वर्षका बृद्ध अवस्थामा रहनु भएका आमा बुवाले मानिसको सबै भन्दा महत्त्वपूर्ण र तितो सत्य भनेको मानिसको अन्तिम दिन वा मर्ने दिन भन्ने गरिन्छ। वृद्ध अवस्थामा पुगेका आमा बुवाले त्यही अन्तिम दिन पनि आफ्नो छोराछोरी आई पुग्दैनन कि हामिले अन्तिम पटक पनि मुख हेर्न पाउदैनौँ कि भन्ने चिन्ताभावमा बाचिरहेका छ्न। त्यही बिदेशिएका छोराछोरीका आमा बुवा यसो हेर्दा अधिकांश ठाउँहरुमा यस्तै भएको पाईन्छ।
गाउँ घरमा पुग्दा सुनसान बस्ती भेट्ने गर्दछु।हिजो आज गाउँमा न त भाले बास्ने गर्छ। न त ढिकी कुटेको सुन्निन्छ । नत गाउँका त्यही आमाहरुको हातमा हसिया र नाम्लो बोकेको पाईन्छ। यस्ता संस्कार सबै लोप हुँदै गएको छ।केही बस्तीहरु थोरै मात्रमा परिवर्तन भएको पाईन्छ। तर गाउँ बस्ती भने सुनसान जस्तै बनिरहेको छ। खेतवारी सबै बाझो बन्दै गैइरहेका छन्। त्यही खेतहरुमा लहलह गर्ने धान झुल्ने धानको ठाउँमा अहिले बनमारा झार ले भरिएका हुन्छन्। युवायुवतीहरु जतिको मुखमा नेपालमा केही हुँदैन भन्ने मात्र सुन्न पाईन्छ।पखुरीमा बल भएका नौजवानहरु अलि पढेलेखेका अमेरिका,अस्ट्रेलिया र जापान लगाएतका देशमा प्लायन भैरहेका छन् भने अन्य खाडी मुलुकमा पुगेर श्रम गरिरहेका छन्।
हाम्रो पहाडी भेगमा भएको कारणले पनि होला सायद धेरै पढ्न पनि चासो लिदैनन्। दस कक्षा सम्म पढ्न पनि निकै कठिनाइका साथ पढेको पाईन्छ। पाँच दस प्रतिशातले मात्र पढ्ने गर्छन्। कक्षा १० पास गरे वा नगरे पनि उनिहरु भारत लगायत अन्य देशमा जाने तयारी गर्छन्।बाध्यता होला या नहोला तर बिदेश जानू पर्छ भन्ने बाताबरण सिर्जना भएको हुन्छ गाउँघरमा।फलानो को छोरा त्यो देश गएको छ। कति धेरै पैसा कमाएको छ। भनेर बुवा आमाले भन्ने गर्नु हुन्छ। अनि त्यही बुवा आमा बिरामी हुँदा उपचार गर्न लग्ने एउटा युवायुवती गाउँमा भेटिँदैन्न। भरिभराउ सुन्दर गाउँ घर अहिले सुनसान बन्दै गैइरहेका छन्।ति बचेका गाउँका प्राकृति श्रोतसाधन उत्खननको कार्यले खण्डहर मरुभूमिमा परिबर्तन हुन थालेका छन्।
हरियाली बन जङ्गल अहिले उजाड बनाएका छ्न उद्योग खोल्ने नाममा अहिले बाताबरण र मानिसको जिवनमा निकै कष्टकर बन्दै गएको छ।बोल्ने बिरोध गर्ने युवायुवती हरु सबै देश छोड्न के गर्नु पर्छ भन्ने चिन्ता छ। पासपोर्ट बनाउन दिएको यति धेरै दिन हुँदा सम्म किन आएन भन्छन्। यता हाम्रो जग्गा जमिनमा अरुले नै रजाइँ र प्रयोग गर्ने तयारी गर्दै छ्न बोचौलियाहरुले त यस विषयमा सोच्ने फुर्सद युवायुवतीहरुलाई छैन।देशका युवा जवानहरुको गाउँ अहिले पनि पीडामा छ।दुखमा छ।राम्रोसँग हुर्किन पाउदैनन् बोट बिरुवाहरु सुन्दर डाडा काडा अहिले मरभुमी हुँदै छन्।मानिसको आयु घट्दै छ। हाम्रो पू्र्खाले जोगाएको संस्कार, संस्कृति,सद्भाव सबै अहिले खल्बलिको छ। मानिस मानिस बिच समन्वय र सद्भाव छैन।समाज प्रतिस्पर्धा,रिस डाहा, कुन्ठाले ग्रस्त भएको कारण पनि युवा युवतीहरु बिदेश जानै पर्ने बाध्यता भएको छ। गाउँ अहिले पनि रोएको छ।कतिपय घरमा सिस्नो उम्रिएका छ्न्। गोरेटोहरु पुरिएका छन। यसो हेर्दा निकै उजाड हुँदै गएको पाईन्छ।
गाउँ, ठाउँलाई माया गर्ने र गरिब, दुखी परिवार मात्रै बस्ने गर्छन् पहाडमा साउदी,कतार, दुबईबाट पठाएको रेमिटेन्सले परिवारको जीवन निर्वाह गर्दै आएको छ्न। गाउँ गाउँमा सिंहदरबार भन्ने नारा र आश्वासनमा मात्रै सिमित भएको छ। गाउँ घरमा केही परिवर्तन आएको छैन जनजिविकामा होस् या जग्गा जमिनमा।अहिले पनि युवायुवतीको अभावमा बाचेको छन् गाउँ बस्तीहरु। ति हराउँदै गैरहेका हाम्रो मौलिक संस्कार परम्परा रिति रिवाज जगेर्ना गर्ने प्रयासमा म एक्लै भएपनि जुट्ने योजनामा छु।युवा भनेपछि बिदेशको सम्झना आउने नियति विरुद्ध हामी स्वदेशमा भएका युवाहरु एक हुन जरुरी छ।