ताजा अपडेट

होलेरी विद्युत कार्यालयको लापरबाहीले रोल्पामा ७ बर्षिय बालक करेन्ट लागेर गम्भीर घाइते(भिडियो सहित)


होलेरी- विद्युत कार्यालय होलेरीको लापरबाहीका कारण रुन्टिगढी गाउँ वडा नं ८ मेलटाकुराका स्थानीय ७ बर्षिय बालक निशान बुढालाई सोमबार हिजो करेन्ट लागेर उनी गम्भीर घाइते बनेका छन्।

आइतबार परेको हावा र पानीका कारण मेलटाकुरा स्थित मोटरबाटो किनार रहेको एक विद्युत खम्बामा करेन्ट शर्टसर्किट भएर जमिनमा आगो बलिरहेको देखेपछि सोमबार बिहान ८ बजेतिर स्थानियहरुले वडा अध्यक्ष तुल्सी पुनलाई जानकारी गराए जानकारी पाए लगत्तै वडा अध्यक्ष पुनले नोलाइट विद्युत सेवा होलेरीमा उक्त शर्ट सर्किटका बारेमा जानकारी गराएपनि होलेरी विद्युत कार्यालयले लाइन नकाटे पछि खेल्न गएका स्थानीय ४ जना बालबालिका मध्ये ७ बर्षिय निशान बुढा मगरलाई दिउँसो पौने ३ बजे करेन्ट लागेर गम्भीर घाइते बनेको स्थानियहरुको भनाई रहेको छ।

विद्युत शर्ट भएको थाह पाए लगत्तै आफूले वडा अध्यक्षलाई जानकारी गराएको र वडा अध्यक्ष पुनले विहान ८ बजे लाइन काट्न अनुरोध गर्दा पनि दिउँसोसम्म लाईन नकाटिनु विद्युत कार्यालय होलेरी चरम लापरबाही रहेको स्थानिय बिजय बुढाको भनाई रहेको छ।घटना लगत्तै घाइते बालक निशानलाई उपचारका लागि दाङ पठाइए पनि प्राथमिक उपचार पछि काठमाडौं रिफर गरिएको उनले जानकारी दिए।

विद्युत जति उपयोगी छ यो त्यति खतरनाक पनि हुन्छ।यसले आफ्नो संसर्गमा आउँने कुनै जिवको ज्यान लिन सक्दछ।उर्जाको नियम अनुसार कुनैपनि उर्जाले आफू पनि कम परिमाणमा रहेका उर्जालाई आफूतर्फ जवर्जस्त आकर्षित गर्ने सामार्थ्य राख्दछ।विद्युत खम्बा फलामद्वारा निर्मित हुने भएकाले फलाम सुचालक धातु हो।कारणवश विद्युत शर्टसर्किट भएर खम्बामा प्रवाह हुन पुगेमा यसले तारकै काम गर्ने गर्दछ।सोमबार बिहानै देखि उक्त स्थानमा विद्युत शर्ट भएर खम्बाको वरिपरि जमिनमा आगो बलिरहेको थियो।घटनाका प्रत्येक्ष दर्शी कृष्णबहादुर खड्काका अनुसार उनी घटनास्थलको पाल्लोपट्टि आफ्नो खेतमा काम गरिरहेका थिए।बालबालिकाहरुलाई करेन्ट लागेपछि उनीहरु चिच्याउन शुरु गरे।बालबालिकाहरु उक्त खम्बाबाट पर-पर जान प्रयास गरेपनि उक्त खम्बामा प्रवाहित करेन्टले आफूतिरै तान्ने गर्दथ्यो।त्यसपछि घाइते बालकलाई करेन्टले झड्का दिएपछि उनी बाटोमा छटपटाएको देखेपछि उनी खेतबाट घटनास्थल सम्म आएर गाउँलेहरुलाई खबर गरेका थिए।

उक्त खम्बामा सामान्य शर्ट सर्किट अलि पहिले देखिनै रहदै आएको स्थानीयहरु बताउँछन्।खम्बामाथिको तारमा झिर-झिर आवाज आइरहन्थ्यो।तर आफूहरूले विद्युत कार्यालयमा जानकारी गराउँदै आएपनि कुनै वास्ता नगरी दिँदा यो नियति भएको स्थानियहरुको दुखेसो रहेको छ।घाइते बालकको उपचार खर्च र उनको शुरक्षित भविष्यका लागि विद्युत कार्यालय जिम्मेवारी बन्नु पर्ने परिवार,आफन्त र समग्र स्थानियहरुको माग रहेकोछ।

रुन्टिगढी गाउँपालिका वडा नं ८ कि वडा अध्यक्ष तुल्सी पुनले पनि यस घटनामा विद्युत कार्यालय होलेरीको लापरबाही रहेको बताएकि छन्।आफूले बिहानै ८ बजे जानकारी पाए लगत्तै खबर गरेपनि लाइन नकाट्नु लापरबाही रहेको उनले बताइन्।

संवेदनशिल बिषयमा किन भयो लापरबाही?
नोलाइट सेवा होलेरीका प्रमुख नारायण प्रशाद के.सी.का अनुसार सोमबार रुन्टिगढी ३ नं वडाबाट पनि त्यस्तै समस्या रहेको खबर प्राप्त भयो।कार्यालयमा जनशक्ति कम रहेकाले उनले प्राविधिकहरु ३ नं वडा पठाए।३ नं वडामा मर्मत कार्य सम्पन्न कहिलेकाही बर्षातका समयमा सामान्य कारणले शर्ट हुने र मौसम सफा भएपछि आफै समाधान भएर जाने हुनाले ८ नं को समस्या समाधान भैसक्यो होला भनेर उनले विद्युत लाइन चालू गरे तर ८ नं समस्या जटिल रहेकाले विद्युतिय दुर्घटना हुन पुगेको केसीको भनाई रहेको छ।उनले आगामी दिनमा यस्ता लापरबाहीका घटना नदोहोरिने प्रतिबद्धता गर्दै घाइते बालकको उपचार खर्छ र क्षतिपूर्ति विद्युत कार्यालयले नै बेहोर्ने गरि प्रक्रिया सिफारिस गरेको बताएका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस