दाङ- दाङमा गाेली हानेर एक जना महिला प्रहरीकाे हत्या गरिएको छ । घाेराहीकाे दामाेदर चाेकस्थित डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।
वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमानले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घटना करिब साढे ७ बजे भएकाे हाे । गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।
भिडियो