ताजा अपडेट

संयुक्त रुपमा होलेरी बजार अनुगमन, मापदण्ड पूरा गरेर ब्यबसाय सञ्चालन गर्न शुझाब

होलेरी– बिहीवार रोल्पाको होलेरी बजार अनुगमन गरुएको छ।जिल्ला प्रशासन कार्यालय रोल्पा,जिल्ला भेटेनरी कार्यालय रोल्पा,जिल्ला घरेलु उद्योग कार्यालय रोल्पा र रुन्टिगढी गाउँपालिकाको टोलिले संयुक्त रुपम बजारको अनुगमन गरेको हो।

होलेरी बजारमा सञ्चालमा रहेका फ्रेश हाउसहरुको गुणस्तर,खाद्यान्न तथा किराना पसलहरुमा रहेका सामाग्रीका म्यादमा हेरेफेर गरिएको रुन्टिगढी गाउँपालिका उपाध्यक्ष सरिता के.सी.ले जानकारी दिएकि छन्।

यसका शाथै बजारमा सञ्चानमा रहेका सबै पसलहरुका दर्ता,कर नवीकरण लगाएतका बिषयमा पनि अनुगमन गरिएको उपाध्यक्ष के.सी.को भनाई रहेको छ।

चेकजाँज तथा अनुगमनलाई नियमित बनाउँने आफूहरुको तयारी रहेको बताउँदै अहिलेसम्म भने बजारमा बेला -बेला चेकजाँच गर्ने गरिएको उनले बताइन्।

अनुगमनका क्रममा फेला फरेका म्याद गुज्रिएका सामाग्रीहरु जफत गरिएको छ।

उपभोक्ताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक व्यवसायी आफैमा सचेत र संवेदनसिल बनेर व्यवसाय सञ्चालन गर्न समेत उपाध्यक्ष के.सी.को अनुरोध रहेको छ।

गाउँपालिका उपाध्यक्ष सरिता के.सी.सहित अनुगमनमा जिल्ला प्रशासन रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडा,भेटनरी कार्यालय रोल्पाका प्रमुख डा. शंकर न्युपाने लगाएत स्थानिय प्रहरी प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस