काठमाडौं- मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको उनी बताउँछिन् । गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भए पनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने उनको भनाइ छ ।
विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको उनको भनाइ छ । मखमलीको माला घरमा नै व्यापारीहरु किन्न आउने हुँदा बजारमा लैजानुपर्ने अवस्था नभएको भन्दै आफूहरुले अहिलेसम्म बिक्री गरेका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको उनको भनाइ छ ।
त्यस्तै भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताइन् । उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको उनको भनाइ छ ।
विगतका वर्षहरुमा ५० रुपैयाँसम्म प्रतिमाला मूल्य पाए पनि यो वर्ष २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको उनको भनाइ छ।
उनले किसानहरुको मखमली फूलको माला बनाउन लागेको मेहनतअनुसार कम्तिमा पनि प्रतिमाला ३० रुपैयाँ मूल्य पाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताइन् ।
मखमली फूल खेतीले धानको भन्दा राम्रो आम्दानी दिएको उनको भनाइ छ । एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछिन् ।