ताजा अपडेट

रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहट- रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।

रौतहटको माधवनारायण नगरपालिका–७ लौकहामा ११ हजार भोल्ट बिजुलीको तार चुडिएर सोही स्थानका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हो ।

पण्डितले बिहान ११ः ४५ बजेको समयमा खेत जोतिरहेका बेला एक्कासी करेन्टसहितको तार चुडिएर खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस