मध्यविन्दु- नवलपरासीको (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी हालसम्म ७ जनाको मृत्यु भएको छ।
गम्भीर घाइते भएका मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको पनि उपचारका क्रममा मृत्यु भएको हो।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए।
दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन्। मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन। जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको प्रहरी जनाएको छ।