रोल्पा- मृत्यु हुनेमा रोल्पा नगरपालिका -२ स्थायी घर भई हाल आमासँग रुकुमकाे भुमे गाउँपालिकामा बस्ने अन्दाजी २७/२८ वर्षिय किसमत पुनको जाजरकोटमा मृत्यु भएको राेल्पाका प्रमुख जिल्ला अधिकारी प्रमान्नद घिमिरेले बताए।
मृतक पुन आमा संगै रुकुममा बस्दै आएकाे स्पष्ट खुलेपनि जाजरकोट के काममा गएको भन्ने एकिन नखुलेपनि मजदुरीकाे लागि गएको हुन सक्ने अनुमान गरिएको प्रजिअ घिमिरेले जनसहारासंग बताए ।
भुकम्पबाट गंगादेव गाउँपालिकामा केही भौतिक क्षति देखिएको, एक बच्चा घाइते भएकोमा जिल्ला अस्पताल रेउघामा उपचारपछि अहिले उक्त बच्चा पनि खतरामुक्त रहेको प्रजिअ घिमिरेले बताए।
जाजरकोटमा केन्द्रविन्दु रहेको उक्त भुकम्पकाे पश्चिम नेपाल लगाएत देशभर र भारतकाे नयाँ दिल्लीमा समेत महशुस गरिएको थियाे शुक्रबार राति ११ः४७ बजे भुकम्प गएको हाे।