गंगादेव गाउँपालिका ६ रोल्पा
स्थानीय सरकार गाउँमा आएपछि केन्द्र सरकार सम्हाल्ने नेताहरुले एकताका निकै धेरै भाषण गरे । गाउँमै सिंहदरबार आयो भनेर । वास्तवमा संघीयताको मर्म ‘गाउँ–गाउँमा सिंहदरबार, दैला–दैलामा सरकारी सेवा हो’ । तर यतीबेला सिंहदरबार जनताको लागि आएको भन्न त लाज मानुपर्ने अवस्था छ ।
गाउँ–गाउँमा सिंहदरबार भनेको के हो ? देश संघीयतामा गएपछि हामीलाई के फाईदा भयो ? ‘गाउँ–गाउँमा सिंहदरबार, दैला–दैलामा सरकारी सेवा भन्नुको अर्थ पहिले काठमाडौंमा मात्रै एकीकृत भई सिंहदरबाट दिईएको सेवा अहिले गाउँ–गाउँमा विभाजन गरियो भन्ने हो । तर गाउँगाउँमा सिंहहरु आए तर दरबार आएन् । संघीयताको मर्म अनुसारको सिंहदरबार अझै हामीले महसुस गर्न पाएका छैनौ । आज पनि जनताको घरमा सिंहदरबार पुगेको छैन । सोझा, सिधा गरिब, दुखी जनताका घर घरमा सिहंदरबार कहिले पुग्ने ? अहिलेका जनप्रतिनिधिका कार्यशैलि र अवस्थालाई हेर्दा यस्तो लाई गाउँगाउँमा सिहंदरबार भन मिल्दैन ।
दुर्गम ग्रामीण बस्तिका जनता आज पनि जिविको निर्वाह गर्नका लागि खाद्यान्न जुटाउन घण्टौँ पैदल हिड्नु पर्ने अवस्था छ । कतिपय खाद्यान्नको अभावमा भोक–भोकै बाचिरहेका छन । जनताका छोराछोरीले सहज रुपमा पढ्न पाउने अवस्था छैन । जलस्रोतको दोस्रो धनी देश भनिएको नेप
नेपालमा प्रशस्तै विद्युत उत्पादन क्षमताको सम्भावना हुँदाहुदै अझैसम्म पनि धेरै बस्तीका मान्छेहरु टुकी, सोलार ,बत्तिको भरमा अध्यारो कुनामा बसेका छन।
संचारको सहज पुहँच छैन । ग्रामीण क्षेत्रमा अझै पनि फोन गर्न घण्टौ हिडेर अग्ला अग्ला डाँडाकाँडा, रुख भिर ध्याउनु पर्ने अवस्था छ। त्यसमा पनि घाम लाग्यो भने मात्र फोन लाग्छ।
कोहि कसैलाई आपत बिपत परेमा वा जटिल बिरामी लागेमा अस्पताल खोज्दै ठूला–ठुला शहर बजार तिर ध्याउनु पर्ने अवस्था छ। उपचार नपाएर कतिपयले अकाल्मै ज्यान गुमाउने पर्ने अवस्था छ । गाउँमा सडक पुगेका छैन । खानेपानी जोहो गर्न घन्टौं हिंड्नुपर्ने बाध्यता छ।
आधारभूत विकास पनि नपुगेका गाउँबस्तीहरुमा हामीले सिंहदरबारको अधिकार पुगेको भन्न मिल्छ त ? नेताहरुले सिंहदरबार पुग्यो भनेर ठूलाठूला भाषण गर्छन । तर आधाभूत विकास पनि नभएको गाउँमा सिंहदरबार पुग्यो भन्नु लाजमर्दो होइन र ?
सरकार भने तीन तहको छ। जनतालाई सुबिधा होइन दुबिधा भएको छ । स्थानीय तहमा भ्रष्टाचार मौलाएको छ। जनप्रतिनिधिको कार्यकाल विवादै बिवादमा वित्दै छ। स्थानीय जनताहरुको लागि केहि विकासका कामहरु हुनै सकेको छैन । अधिकांश स्थानीय तहहरुमा कर्मचारी र जनप्रतिनिधिको विवाद हुँदा जनताको लागि काम हुने कुरै भएन।
हिजो गाउँमै सिंहदरवार आयो अब जनताहरु सबैलाई सुविधा हुन्छ भनि चुनावमा नारा घन्काउनेहरु आज महाराज नै बनेका छन ।
काम भने शुन्य जस्तै देखिन्छ । गाउँगाउँका सिंहदरवार यी नै महाराजलाई बस्नको लागि आएको जस्तो लाग्छ ।
लाखौं लाख युवाहरु विदेशी भूमिमा आफ्नो पसिनामा बगाउँदै छन् । दिनप्रतिदिन हजारौं हजार युवाहरुले देश छोड्दै छन्। नेपालमा रोजगारी सिर्जना हुने सम्भावना छैन । युवा पंक्तिलाई देशको नेतृत्व प्रति कुनै आश छैन। देश छोड्नुपर्ने बाध्यता छ। उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुको बिजोग छ।
उच्च शिक्षा हासिल गरेका विद्यार्थीले नेपालमा आफुले चाहेको जस्तो काम ५ हजार रुपैयाँमा गर्छु भन्दा नि पाउदैन । विदेश पलायनको डरलाग्दो तथ्याङ्क छ।
हाल १९ महिनामै रोजगारीमा जाने नेपालीहरुको सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ। स्वदेशमा अवसरको कमी भएकै कारण यस्तो स्थिति सिर्जना भएको हो।
विदेश पलायन हुने नेपाली युवाहरूको सङ्ख्या अझै दिनप्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ । अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा उतै हराउने होस् । जसरी भएपनि विदेश जाने मनोविज्ञान बढ्दो छ ।
जनताहरुले अहिलेका जनप्रनिधिको विश्वास गर्न सक्ने अवस्था छैन । संघ ,प्रदेश र स्थानीय तह सबैमा भ्रष्टाचार रै भ्रष्टाचार छ। यी जनप्रनिधिले गरेका गतिविधिबाट जनताहरु सन्तुष्ट छैन ।
देशको संरचना परिवर्तन भएको पनि धेरै भयो। जे फाईदा भयो अहिलेका जनप्रतिनिधि र तिनका नजिकका नातागोतालाइ भयो। एक पटक जसरी हुन्छ नेतृत्वमा पुग्ने जति सक्यो उति लुट्ने प्रबिधिको विकास भएको छ। अर्कोपटक जनताले पक्कै हराउनेछन् भन्ने कुरा थाहा छ। जनताको लागि काम गर्ने भन्दा पनि कसरी नेतृत्वमा पुग्ने अनि कमाउने भन्ने तिर सबैको चासो देखिन्छ ।
एकपटक नेतृत्व गर्ने कमाउने अनि रमाउने । आफ्ना लाई बनाउने कसैलाई रोजगार दिने ,कसैलाई ठेक्का पट्टा दिने । अरु के कसरी हुन्छ सबै आफ्नो लाई दिने भएको बजेट जतिसक्यो उति हिनामिना गर्ने आएको बजेट जसरी हुन्छ सबै सक्ने। अनि कहाँबाट हुन्छ त जनताहरुलाई सुविधा दिने र जनताको लागि केहि काम गर्ने र विकास गर्न?
केहि रोजगार खुले पनि आफ्नै छोराछोरीहरुलाइ जागिर खुवाउने । यो देशलाई आफ्नै निजी कम्पनी जस्तो बनाउने । त्यही पनि जनताको लागि ल्यायौ सिहंदबार भन्न लाज मानुपर्ने हो र ?
न देशमा क्षमतावान युवापंक्ति बस्ने वातावरण मिल्यो । न पढेकालाई रोजगार मिल्यो न योग्यता क्षमताको कदर भयो । न गरिबले उपचार पाउछ न शिक्षा अनि रोजगार पाउछ। नेपालमा बस्ने वातावरण केहि छ ? त्यहि भएर धेरैलाई यो देशमा बस्नै मन छैन । यो देशमा बस्नलाई त कुनै पनि पार्टीको पुच्छर हुनुपर्छ । देशमा बस्नलाई त पावर पहुँच हुनुपर्छ। बिचारा गरिब दुखिको कोही छ ? आफ्नालाई रोजगारमा राखिन्छ गरिव दुखिका छोराछोरीलाई साइड लगाईन्छ । हुनेखाने ठुलाठाली र आफ्ना कार्यकर्ताका छोराछोरीलाई छनोट गरिन्छ। बिचारा गरिबको छोराछोरीको मेहनतलाई नेपालमा कसले बुझ्छ ।
कहिले आउछन् अब जनताका छोराछोरीका दिन कहिले आउछन् अब हाम्रा नेताका सकारात्मक सोच, कहिले हुन्छ अब देशमा सबैलाई सम्मानपुर्ण ब्यवहार, कहिले हुन्छ सबैलाई निष्पक्ष न्याय र कहिले हुन्छ अब चौतर्फिपुर्ण विकास । नेताको आस गर्दागर्दै सबैको भैसक्यो बेहाल। कहिल्यै स्थिर हुदैनन् हाम्रो देशको सरकार कहिल्यै हुदैनन् जनताले सोचेको विकास हुदैनन् कहिल्यै युवालाई देशमै खोजेको जस्तो रोजगार जय देश ,जय सरकार।