ताजा अपडेट

निगालपानी हाट बजारमा टमाटरको मुल्यमा तीब्र गिरावट,चिन्तित बन्दै किसान

निगालपानी- रोल्पाको त्रिवेणि गाउँपालिका ४ निगालपानी रहेको मंगल ज्योति कृषि हाट बजार संकलन केन्द्रमा आइतबार टमाटर लगाएत तरकारीको बजार मुल्यमा गिरावट हुँदा स्थानिय किसान चिन्तित बनेका छन्।

कृषि हाट बजार केन्द्र रोल्पा जिल्लाकै दक्षिण पश्चिम बेल्टको पहिलो र ठूलो हाट बजार केन्द्र हो।

रोल्पाका त्रिवेणि ,रुन्टिगढी र सल्यानको केही गाउँका किसानले निगालपपानी कृषि हाट बजारमा तरकारी बिक्री गर्न ल्याउने गर्छ्न।

तरकारी किन्नका लागि तुल्सिपुर ,घोराही ,बुटवल नेपालगन्ज,कोहोलपुर, सुर्खेत ,धनगढी ,कैलाली लगाएतका ठाउँबाट ब्यापारीहरु आउने गर्दछन्।

हप्ताको दुई दिन आईतवार र बुधबार लाग्दै आएको हातबजार एक बारमा गएको असार-श्रावणमा ९० देखी १ करोडको आसपासमा कारोबार हुने गर्दथ्यो। भने आज भोलिको समयमा एक बारमा ५०देखी ६० लाख सम्मको कारोबार हुने गरेको हाट बजार समितिको भनाई रहेको छ ।

गएको बुधबार प्रति किलो ५५ / ६० रुपैयाँसम्म गएको तटमाटरको बजार भाउ आइतबार पनि उस्तै भाउ पाउने किसानहरुको अपेक्षा थियो।
तर एक्कासी २५ / ३० रुपैयाँ प्रतिकिलोमा झरेपछि किसानहरुले आफुले सोचे भन्दा कम भाउ जाँदा दुख व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस