ताजा अपडेट

शहिमार्ग आफै शहिद बनेर यसले अघोषित शहिद बनाउने कहिलेसम्म हो सरकार?

गंगादेव रोल्पा- आजको उच्चतम बिकसित युगमा आईपुग्दा पनि हामी रोल्पालीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कहिले सम्म हो?राष्ट्रिय गौरवको आयोजना समेत रहेको लुम्बिनी प्रदेश अन्तर्गतको घोराही-होलेरी रुकुम सहिदमार्गको सडक बाटो सुधारमा किन कसैको चासो छैन?शहिदमार्ग आफै शहिद बनिरहेको छ।जोखिमयुक्त छ तथा यसमा दुर्घटना बढ्दो छ।

यसरी दिनहु दुर्घटना हुनमा कमजोरी कसको होला? यी र यस्तै प्रश्नहरु मनमा आए र रोल्पाको नाम लगातार आउनेगरि निरन्तर भएका सवारी दुर्घटनाका समाचारले मन बिछिप्त बनायो र पिडाहरु लेख्न बाध्य बनेँ। रेडियो, पत्रपत्रिका, टिभि, सामाजिक संजाल फेसबुकमा पनि सवारी दुर्घटनाको खबर, दैनिकजसो देशका विभिन्न ठाउँहरुबाट आइरहन्छ्न्। सवारी दुर्घटनाका खबरहरु हामी सबैले पढ्ने र सुन्ने गरेकै छौं। तर दुर्घटना कसरी र किन यसरी निरन्तर भैरहेका छन भन्नेतिर बारेमा हाम्रो ध्यान जान नसकिरहेको अवस्था छ।सवारी दुर्घटनाबाट ज्यान गुमाईरहेका परिवारको छेद -बिच्छेदबारे हामी कसैले महशुस गरेका छौँ?

रोल्पा जिल्लाको एक युवा नागरिकको हिसाबले रोल्पामा निरन्तर दिनप्रतिदिन हुने सडक दुर्घटना र यस बिषयमा मनमा लागेको केहि ब्यक्तिगत बिचारहरु र जिज्ञासा यहाँहरु माझ साझा गर्दै छु।रोल्पालाई खास जनयुद्धको उद्गम स्थल भनेर चिन्छ। यहाँकै मान्छेहरुले तत्कालीन १० बर्षे माओवादी युद्वमा सबैभन्दा धेरै रगत पसिना बगाएका छन।सबैभन्दा बढि दुख ,पिडा रोल्पाली जानताले पाएका छन ।

२०६४ मा यहिँबाट चुनाव जितेर गएका प्रचण्ड पटक पटक मुलुकको प्रधानमन्त्री बन्ने र अहिले पनि देशको प्रधानमन्त्री छन ।२०६२/०६३ शालको शान्ति सम्झौता पछि यही रोल्पालीले निरन्तर चुनाव जिताएका बर्षमान पुन शान्ति तथा पुनर्निर्माण,उर्जा र अर्थमन्त्री बने,कृष्णबहादुर महरा सुचना तथा संचार,अर्थ मन्त्री र सभामुख बने । ओनसरी घर्ती सभामुख बनिन् , (पासाङ)उर्फ नन्दबहादुर पुन मुलुकको उपराष्टपतिसम्म बने ,रोल्पाकै थुप्रै नेताहरु पटकपटक देशको सर्वोच्च पदमा पुगिरहे।

उपराष्ट्रपति,सभामुख,मुख्यमन्त्री,मन्त्रीहरु,सांसदहरू धेरै भए, तर शहिद मार्ग बनाउने ध्यान कसैको गएन। बरु धेरैको ज्यान गयो शहिद मार्गमा दुर्घटना हुने क्रम बद्ढै गयो।हरेक चुनावमा शहिद मार्गलाई एजेन्डा बनाएर चुनाव जिते।राजनीति मौलाए।तर रोल्पा र रोल्पाली जनताको जीवनस्तर उस्तै उस्तै छ। रोल्पामा थुप्रै नेताहरु उत्पादन भए तर वास्तविक समाज बिकास गृह जिलावासीको हकहितमा काम गर्ने खालका नेतृत्वको छवि भने कसैले बनाउन सकेनन्। लुम्बिनी प्रदेशका सभापति अमर पुन ,हालका केन्द्रिय संसद इश्वरी घर्ती मगर ,बर्षमान पुन ,प्रदेश संसद युमना रोका ,जोख बहादुर महरा र दिपेन्द्र पुन (सिजल) यस्ता नामहरु धेरै नेता बने,तर रोल्पा र रोल्पाली जनता बनेनन् ।

आज यहीँका जनताहरुले दिनप्रतिदिन सडक दुर्घटना बाट आफ्नो ज्यान गुमाईरहेका छ्न। लगातार सवारी दुर्घटना हुनुमा पहिलो कारण यहाँको सडक बाटो हो ।अर्को तिर सडक बाटो निर्माण पछि सवारी संचालन गर्न योग्य संरचना छ वा छैन भनेर प्रमाणित नहुनु , प्राविधिक श्रवेक्षेण बिपरित कमिशनमा बाटो निर्माण गरिनु ,ठेक्का पट्टा गरेर निर्माण गरेका संरचनाको गुणस्तर नहुनु अनियमितताको छानविन नै नहुनु मुख्य समस्या देखिन्छ । ठेक्का कामको गुणस्तर भन्दा पनि कमाउ धन्दा हुनु ,ठेकेदार, फिल्ड प्राविधिक, कार्यालय प्रमुख सम्म कमाउ धन्दामा लाग्नु, त्यहि कमाउ धन्दामा नै पुराना थोत्रा भएका गाडीहरु संचालन गर्न अनुमति दिईनु, गाडीमा यात्रीको चाप के कस्तो छ भन्ने बिषयमा निगरानी नहुनु , ट्राफिक लाई दुई पैसा कमाउन पाएसी हिसाब मिल्नु , निगरानी गर्ने जिम्मा पाएको निकायले कमिसन खानु यस्तै यस्तै धेरै कारणहरु छन तर तितो अनुभव त दुर्घटना भोगेको परिवारलाई मात्र थाहा छ ।

यातायात व्यवसायी बिचकाे अस्वस्थ प्रतिस्पर्धा, यात्रुहरूले अमुल्य जीवन गुमाउनु पर्दाको पीडा ,यातायात व्यवसायी र चालकहरूलाई के थाहा छ ? ट्राफिक प्रहरी, नेपाल प्रहरी, राजनिती दलका जनप्रतिनिधि यातायात व्यवसायी, चालक, लगायत सराेकारवाला सबै निकायहरु मिलेर यातायात व्यवसायी बिचकाे अस्वस्थ प्रतिस्पर्धालाई हटाउन जरुरीत छ। कतै अावश्यकताभन्दा बढी बस छुटाउनु र कतै यात्रीको चाप धेरै हुनु, यात्रु कम हुने ठाउँमा सम्बन्धित निकायले बस छुट्ने संख्या पनि घटाउन अावश्यक देखिन्छ । भने यात्रीको चाप धेरै हुने ठाउँहरुमा सम्बन्धि निकायले गाडी संख्या थप्नु पर्ने देखिन्छ। चालकले तीव्र गतिमा गाडी चलाउने मदिरा सेवन गरेर नगरेको कुरालाई पनि निगरानी गरिनुपर्छ । रोल्पाका धेरै ठाउँका सडक बाटोहरु फराकिलो नहुनु, सुधार गर्न पहल कदमी नचालिनुले यहाँका धेरै मानिसहरुले जोखिमपूर्ण यात्रा गरिरहेका छन। बाटो साघुरो र निकै अप्ठ्यारो छ। यात्रा डर त्रासमै गर्नुपर्छ। कुन बेला के हुन्छ भन्ने कसैलाई थाहा छैन साघुरो बाटोलाई फराकिलो बनाउनमा रोल्पाका जनप्रतिनिधि र सरकारवालाको ध्यान छैन, सहिद मार्गको नामले परिचित रोल्पाको बाटोमा कतिको मृत्यु भयो कोहि कसैलाई थाहा छैनन्। मलाई त समाचार हेर्दा नि लाज लाग्छ रोल्पा बाट प्रतिनिधित्व गर्ने नेता भनौउदाहरुलाई यस बिषयमा अब तपाई के भन्नुहुन्छ?

बर्षातको समयमा बिग्रेको बाटो मर्मतका लागि कोही कसैकोपनि ध्यान नजानुले पनि यात्रीहरुले जोखिमपुर्ण यात्रा गर्नुपरेको छ । मनोमानी यात्री बाट भाडा असुल्ने, एकलौटी बजार यहाको समस्या नै छ । जोखिम बिना यात्रा रोल्पालीको दुर्भाग्य जस्तै भएको छ । दैनिक जसो दुर्घटनाले बिछिप्त रोल्पावासीको पीडा कस्ले पो सुन्छ र ?

देशमा दुर्घटनामा ज्यान गुमाउने, घाइते परिवारहरुको पीडा बिषयमा कुनै अनुसन्धान र बिश्लेशन छैन। हाम्रो देशमा सवारी दुर्घटना नियमन निति कमजोर छ, पावर पहुँच भएपछि जे गर्दा नि हुन्छ। सवारी दुर्घटना दुइ दिनको दुःख मात्रै बनेजस्तो देखिन्छ, पिडितहरुको पीडा जिवनभरिको कसैले मापन गरेको छैन। यहि समस्यालाई उजागर गर्दै यो बिषयमा गम्भीरता पुर्बक लाग्न घरदैलोको सरकार अर्थात स्थानिय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकार अर्थात तिनै तहका सरकार समक्ष बिनम्रका साथ यहि लेख मार्फत ध्यानाकर्षण गराउछु, रोल्पाका मोटरबाटो अर्थात् सडक बाटोमा गाडी संचालनको मापदण्ड जारी गरियोस, रोल्पाका विभिन्न रोडमा चल्ने सवारीको भाडा दर निर्धारण गर्ने गरियोस, सडक बाटो सुधार र फराकिलो पार्ने तिनै तहका सरकार र सबै रोल्पा जनप्रतिनिधिहरुको ध्यान जाहोस

प्रतिक्रिया दिनुहोस