रोल्पा-मंगलबार मध्यान्हको समयमा घोराही होलेरी थबाङ हुँदै रुकुम पुर्व शहिदमार्ग अन्तर्गत रोल्पाको बागमाराबाट घोराही दाङका लागि छुटेको ना ५ ख २२१६ नं बस त्रिबेणी गाउँपालिका ७ रिचास्थित दुर्घटना ग्रस्त हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भयो।
सडकबाट यात्रुबहाक बस करिब १०० मिटर तल खस्दा दुर्घटनामा पर्ने अन्य सबै यात्रुहरू घाइते बने।
हाल घाइतेहरुको उपचार दाङको राप्ती स्वाथ्य बिज्ञान प्रतिष्ठान घोराहीमा भैरहेको छ।
दुर्घटनामा परि ज्यान गुमाउने चारै जना रोल्पाका नागरिक हुन्।यस घटनापछि मंगलबार सिङ्गो रोल्पा शोकाकुल बन्यो।
उक्त दुर्घटनापछि रोल्पाबासीहरु संसकित बनेका छन्।
दुर्घटनालाई लिएर कतिपयले नेता र सरकारप्रति क्रोध व्यक्त समेत गरेका छन्।
खास दुर्घटनाको कारण के थियो?
शहिदमार्ग दुर्घटना परेको बस चालक पनि घाइते भएकाले उनि उपचाररत छन्।त्यसैले सोधपुछ गर्न नभ्याइएको रोल्पा प्रहरीले जानकारी दिएको छ।
यस घटनासंग मुख्य त ३ कुरालाई कारक मानेर हेरौँ।
सडक,सवारी र चालक।सामान्य दृष्टिकोणबाट दुर्घटनाका संभावित कारण यि ३ कुरासंग जोडिएको छ।
शहिदमार्ग सडक अवस्था:शहिद मार्ग राष्ट्रिय गौरवको आयोजना हो।रोल्पा,रुकुमको भविष्य यहि शहिदमार्गले बोकेको छ।तर शहिदमार्गको अवस्था बेहाल छ।
शहिदमार्ग हिउँदमा ठुल्ठुला खाल्डाखुल्डी बनेर धुलाम्मे बन्दछ भने बर्षातमा तिनै खाल्डाखुल्डीहरु हिलाम्मे बन्दछ्न्।
शहिदमार्गको सडकमा यात्रा गर्ने यात्रुले निकै दरिलो मुटु बनाएर भगवान् भरोसा यात्रा गर्नु पर्ने हुन्छ।यात्रुहरु नै यति कठोर बनेर मात्र सवारी चढ्न पर्ने हुन्छ भने सवारीसाधन चलाउने चालक झन धेरै गुणा साबधान,हिम्मतिलो हुनै पर्दछ।
अन्यथा सवारी साधन र यात्रु गन्तव्यसम्म पुर्याउन मुस्किल हुन्छ।
शहिदमार्गमा कतिपय ठाउँमा सवारी गुड्ने लिक मात्रै छ।माथितिर भित्ता तलतिर छाङ्गो अनुभवी चालकहरुले मात्र सावधानी पुर्वक सवारी चलाउन सक्दछ्न्।
बरु सवारी चालक प्रमाणपत्र लिन जादा ट्रायल कटाउन सजिलो छ तर शहिदमार्गमा सवारी गुडाउन त्यो भन्दा हजार गुणा चुनौती छ।-शहिदमार्गमा सार्वजनिक सवारी गुडाउने एक चालकले भने।
सवारीसाधनहरु विविध कारणले दुर्घटना हुनु नौलो कुरा भने होईन।रोल्पामा मात्रै नभएर बिश्वभर बिभिन्न कारणले सवारीसाधनहरु समय समयमा दुर्घटना ग्रस्त बन्ने गर्दछ्न्।
तर शहिदमार्ग दुर्घटनामा भने नेता र सरकारलाई जनताले दोषारोपण गर्नु स्वभाविकै हो।विश्व २१ औं शताब्दीमा गुज्रिरहेको छ।मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र राजनैतिक ब्यबस्थामा छ।
२०६२/०६३ शालको शान्ति सम्झौतापछि रोल्पामै जन्मिएका नेताहरु देशको उपराष्टपति,सभामुख,पटकपटक मन्त्री र लगातार सांसद बनेका छन्।
तर रोल्पा जिल्क्को लाइफलाइन्को रुपमा रहेको शहिदमार्गको हविगत भने झन्झन् बिग्रदै गएको छ।
दुर्घटनालाई लिएर राजनैतिक पुर्वाग्रही ढंगबाट गरिने पट्टाक्षेप अर्कै पाटो होला।तर परिबर्तनका खातिर बलिदान दिएका रोल्पा र सर्वसाधारण रोल्पालीका हकमा शहिदमार्ग सुबिधाको साधन भन्दा पनि गल्पासो जस्तै बनिरहेको छ।
सडकको नाम शहिदहरुका नामबाट नामाकरण गरिएको छ।तत्कालीन १० बर्षे माओवादी जनयुद्धमा साहादत प्रहरी गरेका शहिदहरुलाई यस सडकको नामले सम्बोधन गरेको छ।
उनै शहिदहरुका बलिदानले आज रोल्पाका माओवादी नेताहरूले राष्ट्रिय रुपमै चर्चामा छन्।तर बिडम्बम्नाको कुरो शहिदमार्ग आफै शहिद बनेको बर्षौ बितिसकेको छ।
।
शहिदमार्ग सुधारका लागि रोल्पाका नेताहरूको गैरजिम्मेवारीपनले शहिदमार्ग नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाउको अनुहार जस्तै बनेको छ।
लगातार रोल्पाबाट सत्तामा एकल राज गरेका नेताहरूलाई सर्वसाधारणले आलोचना तथा क्रोध व्यक्त गर्नु अनौठो कुरो भने अवश्य पनि होईन।
सवारी:शहिदमार्गको अवस्था बिजोग हुँदा यहाँ चल्ने सवारी पनि त्यस्तै किसिमका हुन्छन्।अन्यत्र बर्षौँ चलेर पुरानो हुँदै गएपछि त्यस्ता सवारीसाधबहरु शहिदमार्गमा चलाउने गरिन्छ।
यहाँ लक्जरिअस् डिलक्स बसहरु चलाउन सडक अवस्थाका कारण संभव छैन।
सामान्य किसिमका सवारी साधन पनि नयाँ किन्ने सवारी धनिले शुरुमै शहिदमार्गमा हाल्दैनन्।
किनभने शहिदमार्गको खाल्डाखुल्डी र हिलोधुलोले सवारी साधन छिटै बिग्रने डरले उनीहरुले कालोपत्रे गरिएका हाइवेहरु हाल्ने गर्दछ्न्।
अन्यत्र बर्षौँ चलेर यात्रुले बिकल्प खोज्न थालेपछि २०/२५ बर्ष पुरनो सवारीले शहिदमार्गमा स्थान पाउने गर्दछ्न।
ति सवारीहरुको अवस्था नियमित चेकजाँच छ कि छैन भनेर हेर्ने कुनै नियामक निकाय पनि छैन।
दुर्घटना हुनुमा सवारीसाधनको अवस्था पनि कारण बन्न सक्दछ।अधिकांश घटनामा सवारी साधनको ब्रेक नलागेर दुर्घटना भएको निष्कर्ष निकालिएको हुन्छ।
चालक:एक त सहिदमार्गको हविगत निकै खराब बन्दै गैरहेको छ।त्यसैमाथि पुराना सवारी साधन सवारी चालकहरुको पनि लापरबाही गरेको देखिन्छ।
पहाडको कच्चि बाटोमा तिब्र प्रतिस्पर्धा,उच्च गति जस्ता लापरबाही चालकहरूको पनि रहदै आएको यात्रुहरू बताउँछन्।
ब्यबसायमा प्रतिस्पर्धा रहेकाले ठाउँठाउँमा रहेका बस बिसौनीमा अगाडि आईपुग्दा यात्रु पाउने आशाले उनीहरुले सवारी गति बढाउने गर्दछ्न्।यस्तो अवस्थामा पनि दुर्घटनामा जोखिम हुने गर्दछ।
दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबै निकायहरू सक्रिय हुन आवश्यक छ भने सरकारले हाइवेहरुको अवस्था सुधार्न जरुरि रहेको छ।