सल्यान- सल्यानमा घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
सल्यानको शारदा नगरपालिका–१४ माल्नेटास्थित ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मकैँबारीमा मृत फेला परेकी हुन् ।
बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गरेको थियो।
खोजि गर्ने क्रममा उनको शव मकैँबारीमा अवस्थामा भेटिएकी हो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगिसकेको छ। ‘महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ, हामी घटनास्थलमा पुगि सगेका छौँ।घटनाको बारेमा थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरी स्रोतले जानकारी दिएको छ।