होलेरी-रोल्पाको होलेरी बजार अब देखि सिसि क्यामेराको निगरानीमा रहने भएको छ।
दक्षिण/पश्चिम रोल्पाको प्रमुख ब्यापारी केन्द्र समेत रहेको होलेरी बजारको शुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको छ।
बजारमा हरेक गतिविधि सिसि क्यामेरामा रेकर्ड हुने भएको छ।गत बर्षको माघ १ गते होलेरी बजारका विभिन्न घरमा लाखौंको धनमाल चोरी भएपछि प्रहरीले चोरी गर्नेहरूलाई अनुसन्धान समेत गर्न सकेको थिएन।
बजार क्षेत्रमै चोरी भएपनि सिसि क्यामेरा नहुँदा अनुसन्धान गर्न कठिनाई भएको ईलाका प्रहरी कार्यालय होलेरीको निष्कर्ष रहेको थियो।
हाल रुन्टीगढी गाउँपालिकाले बजारको विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेको छ।
सिसि क्यामेरा जडान गरेपछि स्थानियहरुले केहि हदसम्म शुरक्षित महशुस गरेका छन्।
सिसि क्यामेरा कत्तिको दिगोकाल सम्म टिकाएर राख्ने हो भन्ने बिषयमा भने स्थानियहरुको आशंका रहेको छ।
यस भन्दा अगाडि पनि लाखौं खर्च गरेर गाउँपालिकाले डिजिटल सुचाना बोर्ड राखेको थियो।तर उक्त बोर्डमा प्राविधिक समस्या आएपछि मर्मत गर्नुको सट्टा पालिकाले निकालेर राखेको थियो।