रोल्पा- उन्नत चुलोको वजारीकरण परियोजना देशभरका १० जिल्लामा संचालित छ । १० जिल्ला मध्ये लुम्विनी प्रदेशको ६ वटा जिल्ला र सुदुरपश्चिम प्रदेशको ४ वटा जिल्लामा उन्नत चुलो परियोजना संचालन भैरहेको छ ।यस परियोजनाले ३ हजार सात सय रुपैयाँ प्रोत्साहन रकम सहित उन्नत वायुपंखी चुलो १० वितरण गरिरहेको छ ।
उन्नत चुलो परियोजना अन्तर्गत देशभरका १० जिल्ला मध्ये रोल्पा जिल्ला पनि एक हो। रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकामा पनि यस कार्यक्रम संचालन भैरहेको छ । उन्नत चुलो प्रयोग गरिरहेका उपभोक्ताहरुले अहिले सफा भान्सा खान पाक्ने भएको बताएका छन्।यसका शाथै उन्नत चुलो प्रयोगकर्ताहरुले परम्परागत चुलोको तुलनामा भान्साको समयको पनि उल्लेखनीय रुपमा बढेको बताउँने गरेका छन्।
रुन्टीगढी गाउँपालिका वडा नं ६ कि मनकुमारी घर्तीले २०७९ चैत्र महिनामा उन्नत चुलोको अभिमुखीकरण कार्यक्रम अन्तर्गत उन्नत चुलो प्राप्त गरिन्।चुलो प्राप्त गरिसकेपछि घर्ती परिवारले भान्सामा उन्नत चुलोको निरन्तर रुपमा प्रयोग गर्दै आइरहेको छ । उक्त चुलोले भान्सामा निकै सहज भएको बताइन् ।`यो चुलो प्रयोग गरेपछि मलाई सास्ती कम भएको छ।परम्परागत चुलोमा भन्सा गर्दा दाउरा अत्याधिक लाग्ने गर्थ्यो।भान्सामा बढि समय लाग्ने गर्थ्यो।धुवाले गर्दा आखा पिरो हुने समस्याहरू थिए।धेरै सास्ती हुन्थ्यो तर अहिले उन्नत चुलो आयपछी सवै समस्या दुर भएको छ।-घर्तीले भनिन्।

उन्नत चुलो प्रयोग कर्ताहरुले चुलो प्रयोगमा ल्याईसकेपछी वनजंगलको विनास पनि कम हुने बताएका छन्।
उन्नत चुलोको वजारीकरण परियोजना Livelihoods found को आर्थिक सहयोग र Practial Action , विकास सरोकार समाज डिकोस र आस्था नेपालको साझेदारीमा संचालन भैरहेको छ । आर्थिक सहयोग र विकास सरोकार समाज डिकोस र आस्था नेपालको साझेदारीमा संचालनमा रहेको छ।