ताजा अपडेट

खवरदारीपछि पालिकाले मर्मत गरेको प्रा.स्वा.के.होलेरीको एम्बुलेन्स तयारी अवस्थामा

होलेरी-प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स करिब महिना दिन मर्मत गरेपछि अहिले स्थानियहरुको सेवाका लागि तयारी रहेको छ।

सम्बन्धि स्वास्थ्य संस्था,स्वास्थ्य शाखाको लापरबाही र स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाको गैरजिम्मेवारीपनको सिकार बनेर महिनौं बढी घोराही-होलेरी शहिदमार्ग किनार होलेरी जुर्नेटामा बेवारिसे अल्पत्र रहेको एम्बुलेन्स स्थानिय सञ्चारकर्मी र सञ्चार माध्यमको निरन्तर खवरदारी पछि स्थानिय सरकार रुन्टिगढीको ध्यानाकर्षण भएको थियो।

चर्को आलोचनापछि स्थानिय सरकारले जवादेहीता ग्रहण गर्न बाध्य भएर एम्बुलेन्स मर्मतका लागि दाङ पठाएको थियो।

एम्बुलेन्स खरिद गर्दाको बखत शुरुवातीबाटै एम्बुलेन्स चलाएका स्थानिय अनुभवी चालक रमेश श्रेष्ठले एम्बुलेन्स दाङ लगेपछि थप मर्मतका लागि बुटवल लगेर आवश्यक मर्मत गरेको होलेरी खबरलाई जानकारी दिएका छन्।

नराम्ररी पार्टपुर्जा खलबलिएको एम्बुलेन्स मर्मतपछि भने स्थानियहरुको सेवा गर्न लायक बनेको चालक श्रेष्ठको भनाइ रहेको छ।

एम्बुलेन्स मर्मत भएर आएपछि स्थानिय गाउँबासीहरु पनि हर्षित बनेका छन्।

प्रतिक्रिया दिनुहोस