ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

दलितका लागि दलित आन्दोलन नेपाल दाङको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ- दलितका लागि दलित आन्दोलन नेपाल दाङको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम आज घोराहीमा सम्पन्न गरिएको छ । आफ्नो लागि आफै भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा दलित समुदायका नागरिकहरुको सहभागिता रहेको थियो ।

दलितका लागि दलित आन्दोलन नेपाल दाङका संयोजक केशव नेपालीको अध्यक्षता तथा केन्द्रिय संयोजक खगेन्द्र सुनारको प्रमुख आतिथ्य एवं बागमति प्रदेश संयोजक राजु सुनारको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुनारले दलित समुदाय आफ्नो लागि आफै अभियानमा लाग्नु पर्ने बताउनु भयो । उहाँले हिजोको तुलनामा आज समाजमा जातिय विभेदको स्वरुप भेरिएपनि विभेद कायमै रहेको भन्दै यसको अन्त्यका लागि देशभरका दलित समुदाय एकजुट भएर शान्तिपुणर् आन्दोलनको थालनी गर्नुपर्ने बताउनु भयो ।

दलितका लागि दलित आन्दोलन केन्द्रिय संयोजक सुनारले समाजमा अहिले पनि जातिय विभेदका घटना न्यूनिकरण हुन नसक्नु दुखद विषय भएको भन्दै संविधानमा उल्लेखित कानुन व्यवहारमा सतप्रतिशत सहजरुपले लागु हुनुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथ सुनारले दलितका लागि दलित आन्दोलन नेपालको देशैभर शाखा विस्तार गरेर दलित आन्दोलनलाई थप सशक्त बनाउदै नतिजामुखी बनाउन आवश्यक रहेको बताउनु भयो ।
दलित अधिकार्मीहरु निर्मला विक, लिला विक, मुक्ति बादी, प्रेमनारायन विक, लक्ष्मी बस्याल, फत्ते परियार, रिता विकले दुर्गममा मात्रै नभएर दाङ जस्तो सुगम ठाउँमा पनि अहिले पनि विभिन्न बहानामा जातिय विभेदका घटना हुनु निन्दनिय भएको बताउनु भएको थियो ।

कोषाध्यक्ष लक्ष्मी घमालको स्वागत मन्तव्यबाट सुरुभेको कार्यक्रमको सहजिकरण दलितका लागि दलित आन्दोलन नेपाल दाङका महासचिव सुशिल परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस