आजको युगमा आउँदा पनि दलितमाथि बिभेद र दमनका घटनाहरु दिनानुदिन बढिरहेका छन्।मुलुकको संविधानमानै जातीय बिभेद,छुवाछूत गर्न नपाउने गरि बलियो मानव अधिकार सुनिश्चितको गरिएको छ।तर बिडम्बना आजसम्म गाउँ देखि शहरसम्म दलित समुदायले अन्याय खेप्न बाध्य बनाईएको छ।मुलुकमा आजसम्म थुप्रै राजनैतिक ब्यबस्था फेरिए तर दलितहरु प्रतिको दमन भने कुनैपनि ब्यबस्थाले अन्त्य गर्न सकेन।
आफू लाई निकै क्रान्तिकारी र बैज्ञानिक समाजवादि सोच्ने नेताहरु समेतको चासो नदिएको देखिन्छ। नेपालका बुद्धिजीवी र नेताहरुले ब्याख्या गरेको अनुरुप नेपालको संविधान सबैभन्दा उत्कृष्ट भएको घोषणा गर्छन् तर उत्पीडन, शोषण,दमनमा राख्ने समुदाय अहिले पनि सलबलाई रहेको पाईन्छ। पुर्खौँ देखि अन्याय,अत्याचार, जातीय छुवाछूत तथा भेदभावमा परेका समुदायको अहिले पनि झुपडिमा टुक्की बोल्न सकेको छैन।त्यही परिवारमा अहिले पनि आसु झर्न रोकिएको छैन।शिक्षादिक्षा प्राप्त गर्न सकिरहेका छैनन्।यसो अध्यन गर्दा बाढी,पहिरो लगायत प्रकोप आउँदा पनि दलित समुदाय कै क्षति हुनेको संख्या बढी भएको पाइन्छ ।किन कि तिनी दलित खोलाको किनारामा राखिएका छ्न।भिरको टुप्पोमा राखिएका छ्न।
समाज देखि टाढा बनाईएका छ्न। संबिधानमा व्यवस्था गरिएको छ भनेर केही मानिसहरुले आफ्नो अधिकार प्रयोग गरेर माया, प्रेम गर्दा समाजलेनै जातीय बिभेद गर्दा दलितलाई नै बढि आत्महत्या गराइएको छ।२१ औँ सताप्दीमा आईपुग्दा समेत मानवलाई मानवलेनै दलित भनेर छायाँ मुनि बस्न कालो कोठामा राखिएको छ।जीवितै पनि मरे जसरी बाच्नु परेको छ।बरु कुकुरलाई घरभित्र राखिन्छ तर दलित भनेर मानवलाई घरभित्र प्रवेश निषेध गराईन्छ।घर भाडामा बसेपछि जब दलित भनेर घरभेटीलाई थाह हुन्छ तव अनेकौं बाहाना बाजी गरेर जवर्जस्त घरबाट निकालिन्छ।निस्किनु परेको छ।जनप्रतिनिधि बाटै जात र भातको लाईन छुट्याईएको छ।इतिहासबाट के यो समाज,यो राष्ट्र परिवर्तन गर्न दलितहरुको सहभागी र योगदान थिएन?जंगबहादुर राणाको पाला देखि अहिलेसम्म बलिदानको श्रेय पाउनेमा दमाई, कामी सार्की गायन, बादी, चमार, लगायतको थरले सदैब अग्र स्थान लिएको छ।नेपालमा दलित आन्दोलनको लामो इतिहास छ। तर, उपलब्धि हासिल गर्ने विषयमा भने, सबैभन्दा पछाडि छ।
प्रतिशतमा सिमित पारिएको छ। दलितहरु लाई दलित आन्दोलन भन्दा निकै कलिलो मधेस आन्दोलनले आफ्ना मुद्दा स्थापित गरि सकेको छ। महिला र जनजातिका मुद्दाले ठाउँ पाएका छन्। अहिले रास्ट्रको उच्च पदमा एउटा दलित थर पाईदैन। यो अत्यन्त जटिल र अन्यायपूर्ण विषय बन्न पुगेको छ।अहिले जातीय छुवाछूत तथा भेदभावले आधुनिक रुप ल्याउन थालेको छ।आजभोलि सरकार बाटै अपमान हुँदै आएको महसुस गरेका छ्न दलित समुदायले केही शोषण गर्ने मनसिक बोकेका मानिसहरुले कोटा दिएका छौं यद्यपि दलित भनेको अपमान हो भने कोटा खारेज गरौं भन्दै प्रचार गरेको पाईन्छ।कोटा कुन समुदायले लिएको छैन र कोटा पाउदैमा अपमानित हुनु पर्ने हो ? हामी लाई त झन कोटा पनि देखाउटी दिएको छ। अहिले पनि देशभरका गुरुकुलमा क्षेत्रत्रिय,वैश्य,शूद्र,ब्राह्मणको विषयमा अध्यन गराई राखेका छ्न। यद्यपि यसो गर्नु हुने थिएन। यसो गर्दा अनवरत द्वन्द्व देश स्थिर रहने संकेत देखिन्छ। त्यसैले वर्गीय अवधारणाको विशेषतालाई सबैले आत्मसात गर्नु पर्छ। वस्तुगत यथार्थ लाई व्यवहारमा लागू गर्नु पर्छ। जबसम्म व्यक्तिको सोच, व्यवहार, भौतिक जीवन र जगतप्रतिको धारणा र चेतना आदिलाई निर्देशित र गतिशील अवधारणा लागू हुदैन तबसम्म यो समाजमा भेदभावको चिन्तन बढ्ने बाहेक अरु केही कल्पना गर्न सकिदैन ।