दुर्गा बिस्वकर्मा
दिनहु हजारौं संख्यामा नेपालिहरु रोजगारको लागि बिदेश जाँदै गर्दा मेरो छाती गह्रौं हुन्छ।
आफ्नै आँखा अगाडि सीप ,जोस ,जागर भएका जनशक्ति बिदेशीदै गर्दा मन अमिलो हुन्छ । कसरी भनौ कसरी लेखौ शुभयात्रा भनि म आफुले आफैलाई सम्झाउछु कि यो सत्यता हो देश छोडि बिदेशीदै छन्। सबै
कोहि रहरले जान्छन् कोहि बाध्यताले तर पनि पटक्कै मन लाउदैन विदेश जानेहरुका लागि सफल यात्राको शुभकामना दिन नियतिले बाध्य बनाउने गर्दछ।
देशकै मेरुदण्ड मानिने युवाशक्ति दिनानुदिन वैदेशिक रोजगारीका लागि जानु एकदमै विडम्बनापूर्ण अवस्था हो । वैदेशिक रोजगारी श्रमशक्तिहरुलाई अल्पकालका लागि उपयुुक्त र फाईदाजनक देखिए तापनि दीर्घकालका लागि भने यो उपयुक्त र सकारात्मक हुँदै होइन ।तर देशमा वातावरण पनि त छैन।
म एक्लै बसेर कहिलेकाही आफै बहकिएर रुने गर्छु । देशको सक्षम र दक्ष जनशक्तिलाइ अर्काको देशमा गएको टुलुटुलु हेर्ने बाहेकको म सँग अरु कुनै बिकल्प छैन ।
भारि मन हुन्छ कहिले दाजु भाइ कहिले साथी कहिले भाउजु, बुहारी दिदीबहिनीलाई वैदेशिक रोजगारमा आफ्नो प्राण भन्दा प्यारो नेपाली भुमिलाई चटक्कै माया मारेर प्रदेशी भुमिमा आफ्नो पसिना र रगत साटिरहदा
उनिहरुलाइ नि रहर त कहाँ होला र अर्काको देशमा रोजगारका लागि परिवार छोडेर प्रदेश पस्ने तर देशमा आफ्नो दैनिक जीवनयापन गर्ने वातावरण सिर्जना भैदिए किन जान्थे होला र ?