ताजा अपडेट

`वडा कार्यालय जोगाउन जोखिम मोल्नु पर्ने अवस्था आयो´:- वडा अध्यक्ष डाँगी

होलेरी- भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनकाबिच भदौ २४ गते रोल्पाको रुन्टीगढी गाउँपालिका ५ नं वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले आफ्नो आधिकारिक सामाजिक संजाल फेशबूकमार्फत आफूले वडा अध्यक्ष पदबाट राजिनामा दिएको कूरा सार्वजनिक गरे ।

जतिबेला जेनजी आन्दोलनका नाममा सिंह दरबार सहित राजधानीका थुप्रै सरकारी कार्यालय देखि विभिन्न जिल्लाका स्थानीय तहहरुमा पनि पालिका कार्यालय र वडा कार्यालयहरु तोडफोड र आगजनी भैरहेका थिए । त्यहिबिच रुन्टीगढी ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले आफूले पदबाट राजीनामा दिएको घोषणा सार्वजनिक गरेका थिए । उनले उक्त घोषणा गरेपछि त्यसमा विभिन्न टिकाटिप्पणी,आलोचनाहरु आइरहेका थिए । 

यसैबीच सोमबार आज वडा अध्यक्ष डाँगीले वडा कार्यालय संरक्षण गर्ने दायित्वका कारण भदौ २४ गते आफूले सामाजिक संजालमार्फत पदबाट राजिनामा दिएको दावी गरेका छन् । सामाजिक फेशबूकमा स्पष्टिकरण दिंदै उनले लेखेका छन् `     सम्पुर्णमा विशेष जानकारी

भदौ २३ र २४ गते देशमा भएको युवा आन्दोलन र त्यसबाट सृजित थुप्रै विनाशकारी घटनालाई मध्य नजर गर्दै मैले सामाजिक संजालमार्फत वडा अध्यक्ष पदबाट राजिनामा गरेँ भनेर सार्वजनिक गर्न बाध्य भएको हुँ ।

वास्तवमा मेरो त्यो सोच समझदारीपूर्व गरिएको quick decision(छिटोछरितो निर्णय) आम मेरा मतदाताप्रति कुनैपनि किसिमको अन्याय थिएन । देशभर जेन जी का नाममा स्थानीय तहहरुमा नगरपालिका,गाउँपालिका र वडा कार्यालयहरु समेत आगो लगाएर जलाउने तथा सार्वजनिक सवारी समेत जलाउने अराजक क्रियाकलाप छिमेकी जिल्ला दाङमा पनि बढ्न थालेपछि मलाई लाग्यो अब हाम्रोतिर पनि अराजक समुहले निशाना बनाउन सक्छ । र म संग वडा कर्यालय जून आम वडावासीको सेवा प्रवाह गर्ने संवेदनशिल एवं महत्वपूर्ण थलो हो उक्त सम्पत्ति बचाउने अन्य कुनै उपाय थिएन ।म वडा अध्यक्ष र मेरो पदभन्दा ठुलो वडा कार्यालय नै हो ।जो आम नागरिकको सम्पत्ति हो ।र जस्तोसुकै जोखिम मोलेर वडा कार्यालय संरक्षण गर्नु मेरो प्रमुख दायित्व हो । संकटको अवस्थामा कम्तिमा मेरो निर्णयबाट हाम्रो वडा कार्यालय शुरक्षित राख्न सकिएला र उत्तेजित भएका अराजक मनोबिज्ञान divert गर्ने मेरो चलाखिपूर्ण एवं सुझबुझ ब्यक्तिगत निर्णय थियो । र देशमा जारी जेन जी आन्दोलन भर हाम्रो वडा कार्यालय र सबै किसिमका सार्वजनिक सम्पत्ति शुरक्षित राख्न हामी सफल भएका छौँ ।  यसकूरा आम वडावासीले महशुस गर्नु भएको थियो र छ भन्ने विश्वास रहेको छ ।

वास्तवमा जन निर्वाचित कुनैपनि पद सामाजिक संजालमार्फत राजीनामा दिएर अन्तिम निर्णय हुन सक्दैन र  र सामाजिक संजालमार्फत नै जानकारी गराउँन उचित हुन्छ भन्ने लाग्छ । जन निर्वाचित पदबाट सम्बन्धित ठाउँमा लिखत निवेदन दिएर स्वीकृत हुनु पर्दछ । जूनकुरा मैल कदापि गर्न सक्दैन । आम नागरिकहरुको आशा,भरोसा र विश्वासलाई जिम्मेवारीपूर्ण ढंगबाट कार्यान्वयन गर्ने मेरो सदैको प्रण हो ।

अन्तमा वडावासी र पार्टीपंक्ति सबैमा यस दु:खद समयमा संयमित भएर सभ्य समाज निर्माणका लागि प्रतिबद्ध रहन आग्रह गर्दछु ।´

प्रतिक्रिया दिनुहोस