ताजा अपडेट

किसान देखि कम्प्युटर र ड्राईभर देखि कलाकारितासम्म, बजारमा ध्रुब सरको धनियाँ

होलेरी- रुन्टीगढी गाउँपालिकाको पञ्जिकरण साखा प्रमुख धुर्व प्रकाश मल्ल (धुर्व सर ) दिनभरी कार्यालयमा जनताको सेवा गर्छन् ।

उनै धुर्व सरले रुन्टीगढी ५ जस्पुरमा रहेको आफ्नो पुर्ख्यौली जमिनमा केहि वर्ष पहिले कागतीको व्यबासायिक खेतीको शुरूवात गरे । धेरै मिहेनत र बहु वर्षे बाली कागती खेती गरेका उनले कागतीबारी मै आककाल धनियाँ उत्पादन गर्न शुरूवात गरेका छन् ।
उनको धनियाँ होलेरीको बजार देखि हाट बजारसम्म बिक्रि हुन थालेको छ । सर्वसाधारणले धुर्व सरको लोकल धनियाँ भनेर उनको उत्पादन किनेर उपभोग गर्न थालेका छन् ।

तरकारी हाटबजारका दिन उनले आफ्नै बोलेर गाडीमा तरकारी ढुवानी गरेर हाट बजारसम्म बिक्रि गर्न लैजान्छन्। साझ-बिहान घरमा आफ्नै खेतबारीमा दिएको समयले धनियाँ बिक्रि गर्न पाउँदा पैसो पनि आर्जन हुने र त्यो भन्दा बढी आत्म सन्तुष्टि मिल्ने गरेको उनको भनाई रहेको छ । `१० देखि ५ बजेसम्म कार्यालय समय बाहेकको समय सदुपयोग गरेर कृषि कर्मलाई समय दिएको हुँ । पुर्ख्यौँली पेसालाई निरन्तरता दिन पाउँदा आनन्द महशुस हुन्छ – उनले भने ।

त्यसो त धुर्व सर शिक्षण पेशा हुँदै बिगत १७ बर्ष देखि स्थानिय तहमा सेवा गरिरहेका कर्मचारी हुन् ।
विभिन्न गीत संगितमा मोडलका अभिनय गरिसकेका छन् । कर्मचारी,नेता र जनप्रतिनिधिले आम नागरिकले गर्ने कृषि पेसालाई निरन्तरता दिँदा कृषकहरुलाई थप कृषिप्रति प्रेरणा मिल्ने भएकाले आफू निरन्तर कृषिलाई जोड दिने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस