होलेरी- रोल्पाको गंगादेव गाउँपालिकामा एउटै कार्यक्रमबाट नेपाली काङ्ग्रेस र नेकपा एमाले परित्याग गरि ४५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यहीँ बैशाख १२ गतेदेखि १५ गतेसम्म वडा नं ६ को टोल कमिटी भेला/बैठक कार्यक्रम अन्तर्गत एकैपटक ४५ जना माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र गंगादेव गाउँ कमिटी उपाध्यक्ष टेकम वलीले जानकारी दिए । नेकपा माओवादी पार्टी सर्वसाधारणहरुको हकहितका लागि लडेको पार्टी भएकाले देशभर जस्तै रोल्पामा पनि स्वस्फूर्त पार्टी प्रवेश गर्ने क्रम बढिरहेको उपाध्यक्ष वलीले बताए ।शाथै गंगादेव गाउँपालिका माओवादीमय बनाउने गरि आफूहरूको तयारी रहेको उनको भनाई रहेको छ ।