ताजा अपडेट

अस्थाई ट्राफिक पोस्ट होलेरी र ईप्रका होलेरीको सहकार्यमा सचेतना बोर्ड स्थापना

होलेरी- अस्थाई ट्राफिक पोस्ट होलेरी र ईप्रका होलेरीको सहकार्यमा होलेरीको विभिन्न सडकमा सवारी चालक सचेतना बोर्ड गाडिएको छ ।

होलेरीको डुब्रिङ जाने चोक,जेष्ठ नागरिक भवन अगाडि तिला जाने मोडमा र हाट बजार जाने सडक नजिक सवारी चालकहरूले पालना गर्नु पर्ने ट्राफिक नियमहरु लेखिएका बोर्डहरु स्थापना गरिएको ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले होलेरी खबरलाई जानकारी दिएका छन् ।लेखिएका ट्राफिक नियमहरु महत्वपूर्ण रहेकाले सवारी चालकहरुलाई पढेर कार्यान्वयन गर्न उनको आग्रह रहेको छ ।

यस अघि होलेरीमा ट्राफिक नियन सम्बन्धि बोर्डहरु थिएनन् ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक नियम लेखिएका बोर्डहरु स्थापित गरिएको प्रहरी निरीक्षक प्रजापतिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस