ताजा अपडेट

माओवादीमा होमिदा बुवा गुमाए,थुप्रै उतारचढावबिच नजरको अविचलित नजर

होलेरी- दक्षिण रोल्पाको रुन्टीगढीको केन्द्रमा एकजना राजनीतिज्ञ अनौठो ढंगले हिडडुल गर्छन् ।अनौठो ढंगले बोलि व्यबहार गर्छन्।प्रदेश स्तरीय नेता भएपनि उनि कुनै सार्वजनिक कार्यक्रममा कोट पाइन्ट वा विदेशी पहिरनमा सजिएर सहभागी जनाउँदैनन् ।उनि सिजन अनुसारका बाक्ला र पातला सामान्य(सुइटर,जकेट,शुरूवाल,टोपी)जस्ता सामान्य पुराना कपडा पहिरिएर ठुल्ठुला कार्यक्रमहरुमा समेत सहभागी जनाउँने गर्छन् ।वर्षायामको समयमा पानी पर्दा अरु सबैले बजारबाट छाता,प्लास्टिक,रेनकोट लगाएर यात्रा गर्दा उनले भने वाँसको चोयाबाट आफ्नै हातले बुनेको टोपी आकारको वर्षा छेक्ने अनौठो सामाग्री ओढेर हिडिरहेका हुन्छन्।


लामो राजनैतिक अनुभव,अध्यनशिल र क्रान्तिकारी स्वभावका उनै नेता सभामा बोल्दा भने सबै सहभागीको ध्यानाकर्षण हुन थाल्दछ।सर्वसाधारण,उत्पीडित वर्ग र पिछडिएका वर्गहरुका हकहितमा गाउँ घरकै मौलिक भाषामा खरो रुपमा बोल्ने ऊनी घण्टौँसम्म प्रखर बक्ताका रुपमा बोल्न सक्छन् ।र ऊनी बोल्दा अक्सर तालीको उहिरो लाग्न थाल्दछ ।आचरण,ब्यबहार,पहिरन र स्वभाव हेर्दा सामान्य प्रतित हुने भएपनि दक्षिण रोल्पामा उनको प्रभाव भने जबर्जस्त छ ।दुई/दुई पटक स्वभाविक मतान्तरले पालिका अध्यक्षको निर्वाचनमा पराजय हुँदा पनि ऊनको आत्मबलमा कमि आएको छैन।उनको उर्जाशक्ति देख्दा लाग्छ उनको नजर झुकेको छैन

ऊनी हुन् नेकपा माओवादी केन्द्रका रुन्टीगढी गाउँपालिका इन्चार्ज एवं लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन (नजर)।माओवादीले २०५२ सालमा रोल्पाको होलेरीबाट जनयुद्धको उद्घोष गरेको थियो ।२०८१ सालको फागुन १ गते नजिकै आउँदै गर्दा उनै लोकप्रिय माओवादी नेता गोबिन्द पुन (नजर)को जीवन कहाँनी,संघर्ष र उतारचढावहरुसंग सम्बन्धित रहेर होलेरी खबरले तत्कालीन १० वर्षे माओवादी जनयुद्धको इतिहासलाई उनको भोगाई र दृष्टिकोणबाट  पुनर्स्मरण गराउने प्रयत्न गरेका छौँ ।

हालको रुन्टीगढी गाउँपालिका वडा नं ६ स्थित दुर्गम मानिने गोदे गाउँमा परिवारको साइलो छोराका रुपमा जन्मिएका थिए गोबिन्द पुन ।उनी सानैदेखि अलि बेग्लै स्वभावका थिए ।उनि बचपन देखि नै फुर्तिलो,तेज दिमाग र हक्कि स्वभावका थिए ।मान्छे-मान्छे बिचको असमानता र विभेद देखेर ऊनी सोचमग्न हुने गर्दथे ।विद्यार्थीकाल मै सामाजिक असमानताबारे ऊनी भित्र थुप्रै प्रश्न र गुनासोहरु थिए ।तर त्यतिबेलाको समाजमा प्रश्न,गुनासो र विरोध त्यति सहज थिएन ।

त्यसैबिचिमा २०५२ साल फागुन १ गते तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी केन्द्रले रोल्पाको होलेरीको प्रहरी चौकी आक्रमण गरेर देशभर जनयुद्धको उद्घोष गर्यो ।उनी त्यतिबेला काठमाडौँमा थिए।त्यसै बखत गाउँ फर्किएर बेला-बेला अगुवा माओवादी नेता कार्यकर्ताहरुबाट प्रशिक्षण लिने मौका पाएका त्यतिबेलाका कलिलो युवा गोबिन्द पुनले सामाजिक असमानता र सामाजिक अन्यायविरुद्ध लड्ने निधो गरे ५४ मंसिर २७ मा प्रेम विवाह गरेका ऊनी २०५५ को २०५४ मा साधारण सदस्यता प्राप्त गरेर २०५४ गाउँ सुधार समितिको अध्यक्षको जिम्मेवारी प्राप्त गरेका थिए ।जसबाट थुप्रै अशिक्षित महिलालाई प्रौढ शिक्षा प्रदान गरेर संगठित गर्ने कार्य गरे ।त्यसको मूल उद्देश्य क्रान्तिकारी संगठनलाई संगठित गनू थियो।भने २०५५  जेठ मा पार्टीले विश्वास गरेर उनलाई पार्टी सदस्यता दियो ।२०५५ साल फागुन मा सालबाटै  माओवादीको सेल सेक्रेटरीको जिम्मेवारी प्राप्त गरेर संगठनको काम गरे।जस लगत्तै भुमिका जीवनमा प्रवेश गरे।२०५६ सालमा  पार्टीको संरचना भित्रको एरिया कमिटी सदस्य पदमा रहेर तत्कालीन  डुब्रिङ गाविसको इन्चार्जका रुपमा उनले पार्टीबाट जिम्मेवारी  प्राप्त गरे ।२१ बर्षको कलिलो युवा गोबिन्द पुनलाई पार्टीले दिएको नाम थियो `नजर´।

२०५७ सालमा एरिया कमिटी सचिवालय सदस्य जिम्मेवारी प्राप्त गरेर तत्कालीन झेनाम र डुब्रिङ गा.वि.स.पार्टी इन्चार्जको जिम्मेवारी नजरले सम्हाले ।ऊनी २३ वर्षको हुँदा २०५८ साल पुस १४ गते सामान्य खेती किसानी गरेर जिविको पार्जन गर्ने उनका वुवा रेशम बहादुर पुनलाई तत्कालीन शाही नेपाली सेनाले घर मै पुगेर विना कारण गोलि हानी विभत्स रुपमा हत्या गर्यो ।
हास्दै खेल्दै संघर्ष गरिरहेको निम्न वर्गियस्तरको उक्त पुन परिवार शोकमा डुब्यो ।५२ वर्षको उमेरमा आमा फाली पुन आधा उमेर मै विधुवा बन्न पुगिन्। ४ छोरा र १ छोरीहरु कलिलै उमेरमा टुहुरो बन्न पुगे।

२०५८ सालको उक्त घटना घटेको दिन नजर आफ्नै गाविस डुब्रिङमै रहेको स्मरण गर्छन्। उनले पुस १४ गते आफ्नो वुवाको हत्या भएकै दिन नै खबर पाएका थिए ।तत्कालीन जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन (पासाङ )र तत्कालीन माओवादी लोकेन्द्र विष्टसहितका टिमलाई गिदेमा शेल्टर बनाएर पुस १३ गते साझ गोदेमै बास बसाइ,१४ गते बिहान दाङको भूगोलबाट अर्को शेल्टरमा पठाएर तत्कालीन बाबुलाल पुनसङ नजर पुन दाङ र रोल्पाको सिमावर्ती क्षेत्र हालको घोराही ११ चाचिला गाउँमा बिश्राम गरिरहेका बताउँछन्। भुमिगत जीवन बिताइरहेका नजर पुन वुवा गुमाउँदाको पीडा र आफ्नो ज्यानको जोखिमको त्रासबिच भोलिपल्ट पुस १५ गते घर पुग्दा मृतक बुवाको दाहसंस्कार गाउँलेहरुले गरि सकिएको स्मरण गर्छन्।

आफ्नै वुवाको अन्त घडीमा मुख समेत देख्न नपाएर शोकमा रहेका परिवारलाई छोडेर ऊनी पुनः भुमिगत भए ।किनकि त्यतिबेला सबै त्यागेर क्रान्तिमा होमिएकाले मर्छु कि  बाँच्छु भन्ने कुनै ठेगान नभएको ऊनी बताउँछन्।`म समाज र राष्ट्रका लागि लडेर सामाजिक समानता र न्यायको खातिर आफूलाई बलि चढाइ सकेको छु।शिरमा आफैले कफन बाँधेर हिडिरहेको छु ।म क्रान्तिबाट कुनैपनि हालतमा विचलित हुनू हुँदैन। मनमा यत्ति कुरा मात्रै याद थियो -´नेता नजर पुन भन्छन् ।

माओवादीले समयक्रम संगै २०५९ सालमा एकीकृत जनप्रतिरोध अभियानको शुरुवात गर्यो।त्यतिबेला नजरले रोल्पाको तर्फबाट अभियान टोलिको नेतृत्व गरेर दाङ पुगे ।अभियानमा रोल्पाका अन्य कमान्डरहरुलाई पार्टीले रोल्पा मै खटायो ।नजरलाई भने पार्टीले पश्चिम दाङको पुरनधारामा खटायो ।

२०५८ सालमा तत्कालीन विद्रोही पक्ष माओवादी र तत्कालीन राज्य पक्षबिच दाङको पुरनधारामा वार्ता हुँदा उनी त्यतै थिए।त्यतिबेला नजरले पार्टीको जिम्मेवारी अनुसार दुई पक्षिय वार्ताको बखत उतै कार्यरत रहे ।त्यसको करिब १ बर्षपछि ऊनी पार्टीको निर्देशनमा पुनः रोल्पा फर्किए ।पार्टीको जनप्रतिरोध अभियानको समापन रुकुमको चुनबाङको गैरीगाउमा हुने निर्धारित कार्यक्रम थियो ।उक्त अभियान समापन  कार्यक्रममा नजर पनि सहभागी बने ।तर अभियान समापन हुने मितिको अघिल्लो दिन  पाछाबाङको शुभकुनेमा दोहोरो भिरन्त भयो ।र चुनबाङको कार्यक्रमस्थलमा हवाई बमबारी भयो । समापन कार्यक्रम बिथोलियो ।त्यसपछि उक्त अभियानको रुकुमको पुर्वको लाभाङमा समापन गरिएको नेता नजरले स्मरण गर्छन् ।त्यसपछि ऊनी पार्टीको निर्देशन अनुसार आफ्नै एरियामा फर्किए ।पुनः आफ्नै एरियाको सेक्रेटरीको जिम्मेवारी सम्हालेर ६ नं एरियाको सेक्रेटरी जिम्मेवारीमा रहेर काम गरे ।

सेक्रेटरीको जिम्मेवारीमा रहेको बखत २०६२ सालतिर भने नजरको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भयो।असक्त अवस्था मै ऊनी पैदल हिडेर ३ महिनापछि भारत पुगेर उपचार गराएर फर्किए ।स्वास्थ्यमा सुधार आएपछि जनमुक्ति सेनामा उनको जिम्मेवारी जोडियो ।ऊनी खट्नु पर्ने एरिया दाङ थियो ।ऊनी आफ्नो कार्यक्षेत्र मै रहँदा २०६२/०६३ को शान्ति प्रक्रियापछि पुनः आफ्नै एरियामा फर्किएर पार्टी संगठन विस्तार गर्न शुरूवात गरे ।गाउँको जग्गा जमिन बेचेर ऊनी पार्टी संगठन विस्तार गर्ने जिम्मेवारी अनुसार होलेरी बजारमा बसाइँ सरेको बताउँछन् ।२०६३ सालमा स-परिवार होलेरी बजार बसाइँ सरेका ऊनी करिब ५ वर्षसम्म कोठा भाडा लिएर बसे त्यसपछि गाउँको जग्गा बेचेको केहि पैसा र कति ऋण लिएर पक्की घर निर्माण गरेको उनको भनाइँ छ।

देशबाट राजा शासनको अन्त्य भयो ।शान्ति प्रक्रियापछि रोल्पा जिल्ला नेकपा माओवादीको आधार ईलाकाको रुपमा परिचीत हुन थाल्यो ।मुलुक संघीय प्रणालीमा गएसंगै २०५४ पछि २०७४ सालमा २० अन्तरालपछि मुलुकमा स्थानिय तहको निर्वाचन भयो ।२०७४ शाल को स्थानिय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिकाको अध्यक्षका लागि पार्टीले उनै नजरलाई उम्मेदवार बनायो ।तथापि उनि तेस्रो स्थानमा रहे ।त्यसको ५ बर्षपछि २०७९ सालको स्थानीय निर्वाचनको समयमा पार्टीले पुनः उनैलाई उम्मेदवार बनायो ।र यसपालि उनि दोस्रो स्थानमा रहे ।

निर्वाचनमा निरन्तर पराजय वेहोर्दा पनि नजरको नजर भने झुकेन ।ऊनको आत्मविश्वास र राजनीति प्रतिको आकर्षण भावमा रत्तिभर कमि नआएको बताउँछन्।रोल्पा जिल्ला देशभर माओवादीको आधार ईलाकाको रुपमा परिचित बनेपनि रुन्टीगढीमा भने माओवादी जनयुद्धको प्रभाव ढिला परेका कारण माओवादीको पक्षमा कम्जोर परिणाम आएपनि निर्वाचनको परिणाम हेर्दा क्रमशः माओवादीको पक्षमा जनमत अभिवृद्धि भैरहेको उनको बुझाई छ ।जनयुद्ध भन्दा अघि तत्कालीन`झेनाम डुब्रिङ र डुबिडाँडा गाविसमा एमालेको एकछत्र थियो । सखि लगायका ठाउँ गाविसमा काङ्ग्रेसको हामीले शुरूवात गरेको जनयुद्धको प्रभाव दक्षिण रोल्पामा अलि ढिलो पर्न गयो ।ऊ बेला यहाँको समाज अवस्था जर्जरपूर्ण थियो ।तर ढिलै प्रभाव परे पनि हाम्रो संघर्ष र बलिदानले यहाँको सामाजिक अवस्था परिबर्तन भयो ।विकासले गति लियो´-`नजर भन्छन्-अब ८४ को निर्वाचन माओवादी कै पक्षमा जनमत आउँने कुरामा दुई मत छैन।´

तत्कालीन सामाजिक अवस्थालाई सम्झदै ऊनी भन्छन् `ऊ बेल सामाजिक असमानता चरमचुलीमा थियो । हुनेखाने बर्ग रातारात मालामाल बिचका बर्ग पोल्सिएका थिए ।गरिब सधै गरिबीमा रहन्थे ।समाजमा हेपाह प्रवृत्तिको रजाइँ थियो ।हामीले जनयुद्धमार्फत सर्वहारा वर्गका अधिकारका लागि लडेपछि कम्युनिस्टले गर्छ भन्ने समाज र मुलुकले बुझेको छ ।यद्यपि माओवादीबारे  काङ्ग्रेसले गलत अफावहहरु फैल्याइ रहन्छ।अन्याय र अत्याचाको नाइके राजनतन्त्र थियो ।र राजतन्त्रबाट संरक्षित तत्कालीन दलहरु सामाजिक असमानताको जिम्मेवार थिए ।´

आधारभुत हिसाबले नौलो जनवादी क्रान्ति सम्पन्न गरि सकेको र अब समाजवादी क्रान्तिको अभ्यास गर्नू पर्ने बेला भएको नेता नजरको ठम्याई छ।राजनैतिक जिम्मेवारीमा रहदा जनताको जीवनस्तर उकास्ने कुरामा सबैभन्दा बढी जिम्मेवार रहेको उनको भनाई रहेको छ ।`स्थानीय तहका गतिविधिबाट म त्यति सन्तोष छैन ।अरु पार्टीले जितेका स्थानीय तहमा झन् जनताका आधारभूत आवश्यक्ता पुरा भएका छैनन् नै, जहाँ हामिले जितेका छौँ त्यहाँबाट तत्कालै समाजवादी क्रान्ति को आधारशिला तय गर्नू पर्ने जरुरी देखिन्छ -`उनले भने अब हाम्रा हिजोको सपना साकार पार्न व्यबहारमा उतार्ने बेला आएको छ ।´

तत्कालीन माओवादी १० बर्षे जनयुद्धको अस्तित्वलाई राज्यले स्विकार नगरेपनि जनयुद्ध आजको राज्य सञ्चालन प्रणालीको आधार रहेको नेता नजरको ठम्याई छ ।ऊनी भन्छन्-`केन्द्रिकृत राज्य सत्ताबाट संघीयता,धर्म निर्पेक्षता,समानुपातिक,समावेशी आजका सबै प्रणाली माओवादी कै एजेन्डाहरु हरु हुन्।´

नजर दक्षिण रोल्पाका प्रभावशाली माओवादी नेताहरू मध्येका एक हुन्।तत्कालीन जनयुद्धमा होमिएकै कारण बुवा गुमाएका ऊनी लामो समय समाज र मुलुक परिबर्तनका खातिर परिवारबाट विमुख भए संघर्ष गरे ।एउटै जीवनमा थुप्रै उतारचढाव भोगेका उनले क्रान्तिको मार्गमा होमिदा कयौंपटक मृत्युलाई नजिकबाट साक्षत्कार गरे।थुप्रै सहयोद्वाहरु आखै अगाडि गुमाए ।ब्यक्तिगत इच्छा र चाहनाहरुलाई आफैले तिजान्जली दिए ।र भन्छन्-` समाज रुपान्तरणको क्रान्ति सकिएको छैन ।´माओवादी पार्टीको सदस्य हुँ भन्न पाउँनूमा गर्व छ।´

दुई/दुई पटक निर्वाचनमा पराजय वेहोर्दा पनि उनले आफ्नो आत्मविश्वासमा कमि आउँन दिएनन् ।हुन त ऊनी कुनै बेला शिरमा कफन बाँधेर मृत्यु वा जीवन दुबैको प्रवाह नगरि समाज रुपान्तरणका लागि क्रान्तिमा होमिएका योद्धा हुन् ।कम्जोर आत्मविश्वास हुनेहरूले यस्तो जोखिम मोल्ने संभावना न्युन रहन्छ ।चुनावी पराजयलाई उनले स्वभाविक प्रक्रियाका रुपमा स्विकार गरेको बताउँछन् ।`हिजो हामीले सामाजिक परिबर्तनका खातिर क्रान्ति गरेका थियौँ।त्यो बेला म एकदिन पालिका अध्यक्ष वा सांसद बनम्ला भन्ने स्वार्थ थिएन।परिस्थितिवश हामीले नै ल्याएको ब्यबस्थामा पार्टीले म प्रति विश्वास गरेर दुई/दुई पटक पराजय बनेँ।तर जनताले म नदिएका होइनन् ।स्वभाविक मतान्तरले पराजय बनेको हुँ।हामीले हाम्रो संगठन र गतिविधिमा अझै सुधार गर्नू पर्ने अवसर पनि हो यो समय´-उनले भने-यद्यपि मैले नै चुनाव जित्नू पर्छ भन्ने छैन ।एकदिन माओवादी सत्ताको फाइदा लिन रुन्टीगढीवासीले आफ्नो अमूल्य मत पक्कै दिनु हुनेछ भन्ने विश्वास छ ।´

छोराछोरी पनि १० कक्षासम्म होलेरी कै सरकारी विद्यालय मै पढाए ।र ऊनी आजपनि निकै उर्जाका शाथ पार्टी संगठनमा निरन्तर कृयाशिल रहेका छन् ।बचपन देखि आटिला र क्रान्तिकारी स्वभावका नजरको नजर कहिल्यै रोकिएन।सधै अविराम र न्यायको दृष्टिकोणमा अडिक रह्यो ।

प्रतिक्रिया दिनुहोस