ताजा अपडेट

रुन्टीगढी ५ नं वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीको सहभागीता गलाइना खानेपानीमा जनश्रमदान

होलेरी- रुन्टीगढी ५ नं वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको सहभागीता सनिबार स्थानिय गलैना गाउँबासीहरुले खानेपानी मुहान सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।

वडा अध्यक्ष डाँगीले गत भदौ २९ गतेदेखि सनिबार वडा अध्यक्ष जनश्रमदान कार्यक्रम गर्दै आएका छन् ।आजको सनिबार बदेलले खोसरेर गैलना खानेपानीको मुहाम प्रदुषित गराएपछि वडा अध्यक्ष सहितको सहभागीता श्रमदानमार्फत मुहान सरसफाइ गरिएको छ ।

मुहान सरसफाइ संगै गैलनाबासीहरुको सल्लाह,सुझाव,प्रश्न र गुनासो समेत सुन्न आफू गैलाना पुगेको वडा अध्यक्ष डाँगीले बताएका छन् ।उक्त खानेपानी मुहानको दीर्घकालीन शुरक्षाका लागि बजेटमार्फत ब्यबस्थापन गरिने वडा अध्यक्ष डाँगीले बताएका हुन्।

प्रतिक्रिया दिनुहोस