होलेरी- मुटुमा समस्या आएपछि रोल्पा रुन्टीगढी गाउँपालिका ३ जबाङकि स्थानीय वर्ष ४८ कि छली घर्ती मगर हाल काठमाडौंस्थित गंगालाल हृदय केन्द्रमा उपचाररत छिन् ।उनको सफल उपचारका लागि आर्थिक अभाव भएको बताउँदै छली घर्तीका श्रीमान हुम बहादुर घर्ती मगरले आर्थिक सहयोगको अपिल गरेका छन् ।
६ महीना अघि देखि एकाएक स्वास्थ्यमा समस्या आएपछि छली घर्तीको उपचारका लागि परिवारले दाङ,बुटवल लगायतका स्थानहरूमा उपचार गरायो।पछि थप उपचारका लागि उनलाई काठमाडौंको वासबारी गंगालाल हृदय केन्द्रमा रिफर गरियो।हाल छली घर्तीको उपचार भैरहेको र उनको मुटुको २ वटा भल्भ फेर्नू पर्ने चिकित्सकहरुले सुझाएको उनका श्रीमान हुकुम बहादुर घर्तीले जानकारी दिएका छन् ।सबै गरेर उपचार खर्च ८ लाख जति लाग्ने हुकुम बहादुर घर्तीले बताएका छन् ।वडापालिकाको निम्न अवस्थाको सिफारिस लगेर जाँदा उपचारका लागि हृदय केन्द्रले ३ लाख रकम छुट गरिदिएको उनले बताएका छन् ।हालसम्म उपचारका लागि १ लाख ५० हजार खर्च भैसकेको उनले बताए ।
सामन्य खेतीपाती र मज्दुरी गरेर जिविका निर्वाह गर्दै आएको छली घर्तीको परिवार आर्थिक अभावका कारण उनको सफल उपचारका लागि आर्थिक सहयोगको उनका श्रीमान हुम बहादुर घर्ती मगर अपिल गरेका छन् ।शाथै रुन्टीगढी ३ नं वडा अध्यक्ष गणेश गिरीले समेत छली घर्तीको सफल उपचारका लागि आर्थिक सहयोगको अनुरोध गरेका छन्।
छली घर्ती मगरको सफल उपचारका लागि स्वैच्छिक सहयोग गर्न चहानेका लागि उनका श्रीमानको खाता परिवारले उपलब्ध गराएको छ। 16407010001970
HUM BAHADUR GHARTI MAGAR(Global IME Bank)