ताजा अपडेट

जनता आ.वि. त्रिवेणी २ रोल्पाको शिक्षक नियुक्तिमा राजनैतिक किचलो,सबै आवेदक अनुत्तीर्ण भए(भिडियो सहित)

होलेरी- रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं २ को जनता आधारभुत विद्यालयमा बालविकास सहजकर्ता नियुक्तिको बिषयलाई लिएर राजनैतिक किचलो भएको छ ।

नेकपा माओवादी केन्द्रका स्थानीय प्रतिनिधिहरुले शिक्षक नियुक्ति प्रक्रियालाई लिएर चलखेल हुनसक्ने भन्दै विरोध गरेको थियो ।राजनैतिक पहुँच भएका ब्यक्तिका आफन्त नियुक्ति गर्ने चलखेल गरिएको,प्रश्न पत्र सार्वजनिक गरिएको जस्ता गम्भीर आरोप उनीहरुले लगाएका थिए ।यद्यपि शुक्रबार आवेदकहरुको परिक्षा हुनु अघि सबै पक्षको सहमतिमा विद्यालय प्रशासनले प्रश्न पत्र तयार गरेको थियो ।

विवादको कारण के थियो ?

सरकारी विद्यालयहरु भित्र राजनैतिक हस्तक्षेप गरिनु हुँदैन भन्ने तर्क यत्रतत्र सर्वत्र सुनिने गर्दछ्न्।यद्यपि सरकारी विद्यालयहरुलाई पनि समाजले राजनैतिक हस्तक्षेप भन्दा अछुतो राखेका उदाहरणहरु कमै मात्रामा पाइने गर्दछ्न्।विद्यालय ब्यबस्थापन समिति गठन देखि शिक्षक नियुक्ति,सरुवा आदि प्रक्रियामा राजनैतिक दलहरूले एकले अर्कालाई आरोपप्रत्यारोप पट्टाक्षेप गर्दै आएका बिषय नौलो भने होइनन् ।
त्रिवेणी २ को जनता आधारभुत विद्यालयले बालविकास सहजकर्ता नियुक्ति प्रक्रियामा चलखेल गर्न लागेको नेकपा माओवादीका स्थानीय नेता कार्यकर्ताहरुको रहेको थियो ।२ नं मा वडा सरकार देखि पालिका सरकार एमालेको रहेको त्रिवेणीमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य पोकलाल बिकका अनुसार जनता आवुको बालविकास सहजकर्ता नियुक्ति प्रक्रियामा चलखेल गरिएको गम्भीर आरोप लगाएका थिए ।त्रिवेणी गाउँपालिकामा नेकपा एमाले नेतृत्व स्थानिय सरकारले एकदलीय अभ्यास मौलाएको आरोप लगाउँदै उनले शिक्षक नियुक्ति प्रक्रियालाई लिएर आपत्ति जनाएका थिए ।
बि.क .को भनाईलाई आधार मान्ने हो भने त्रिवेणी गाउँपालिका भित्र सरकारी विद्यालयहरु भित्र ठाडो  राजनैतिक हस्तक्षेप छ ।उनले सत्तसिन दललाई लगाएको गम्भीर आरोप र माओवादी समर्थकहरुले देखाएका राजनैतिक विरोध दुबै राजनैतिक हस्तक्षेपका गतिविधि नै हुन् ।यद्यपि माओवादी नेता बिकको माग निस्पक्ष र स्वच्छ प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गरिनू पर्नेमा थियो ।
विद्यालयकि प्र.अ. तुलसी कुमारी डाँगीले माओवादी समर्थकहरुले लगाएका आरोप मिथ्या भएको दावी गरेकि छन् ।उनका अनुसार शिक्षक नियुक्ति स्वच्छ प्रतिस्पर्धाबाट गर्ने तयारी रहेको छ ।नियमित प्रक्रिया बमोजिम बालविकास सहजकर्ता नियुक्ति गर्ने तयारीमा विद्यालय प्रशासन रहँदा पनि राजनैतिक हस्तक्षेप हुनू दु:खद रहेको उनले बताइन् ।प्रश्नपत्र शुक्रबार दिउँसो तयार भैरहेकाले प्रश्नपत्र सार्वजनिक गरिएको भन्ने आरोप तथ्यहिन रहेको उनले बताइन् ।

बालविकास सहजकर्ता नियुक्तिको जिम्मेवारीबाट गाउँपालिकाको शिक्षा साखाबाट खटिएका धनबहादुर बस्नेतले पनि उपस्थित भएका १६ जना प्रतिस्पर्धीहरु मध्य स्वच्छ प्रतिस्पर्धा हुन लागेको भन्दै चलखेलको आरोपको अस्विकार गरेका छन् ।शिक्षक नियुक्ति प्रक्रिया मै खटिएका त्रिवेणी २ का वडा सदस्य विनोद थापाले पनि विद्यालय शिक्षक नियुक्ति प्रक्रियामा लगाइएका आरोप तथ्यहिन आरोप रहेको भन्दै खण्डन गरेका थिए।

प्राप्त जानकारी अनुसार जनता आधारभुत विद्यालमा जम्मा १९ जना आवेदकहरु मध्य शुक्रबार भएको परिक्षामा १६ जना सहभागी बनेका थिए ।पालिकाका शिक्षा साखाका प्रतिनिधि धनबहादुर बस्नेतका अनुसार सहभागी १६ जना नै अनुत्तीर्ण भएका छन् ।१६ जनाले नै निर्धारित उत्तीर्णाङ्क लिउन शिक्षा साखाका प्रतिनिधि बस्नेतका अनुसार अब विद्यालयले पुनः ७ दिनको म्याद राखेर बालविकास सहजकर्ताको पद परिपुर्तिका लागि बिज्ञानपन गर्ने भएको छ ।शिक्षक नियुक्ति प्रक्रियाको राजनैतिक विवाद नतिजा सार्वजनिक संगै साम्य बनेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस