होलेरी- दक्षिण रोल्पाको प्रमुख ब्यापारीक केन्द्र एवं पर्यटकियस्थल होलेरी बजारमा स्थानीय सरकारले रुन्टीगढी गाउँपालिका पार्किङ ब्यबस्थापन नगर्दा सडकहरू सवारी जाममा पर्न थालेका छन् ।
एउटा स्थायी पार्किङस्थल नहुँदा होलेरीका सडक किनारहरुमा सवारी पार्किङ गरिएका हुन्छन् ।खासगरी होलेरी बजारको होलेरी-स्वर्गद्वारी चोकमा सडक किनार पार्किङ गरिएका अटोरिक्सा र बसहरु एकआपसमा साइड काड्दा साघुँरो सडकका कारण अक्सर सवारीहरु जाममा पर्ने गर्दछन्।जसका कारण सर्वसाधारणहरुले शास्ति खेप्नू परिरहेको गुनासो गर्ने गर्दछन्।
मङ्गलबार बिहान ११ बजेतिर उक्त सडक खण्डमा आकस्मिक सवारी प्रहरी भ्यान र पालिका अध्यक्ष सवार रुन्टीगढी गाउँपालिकाको गाडी नै जाममा परेका हुन्।रुन्टीगढी ३ नं जाँदै गरेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापति सवार ईप्रका होलेरीको प्रहरी भ्यान करिब १० मिनेट जति होलेरीको होलेरी-स्वर्गद्वारी चोकमा जाममा परेको थियो ।प्रहरी भ्यान,एम्बुलेन्स,दमकल जस्ता सवारीहरु आकस्मिक सवारी साधनहरु हुन् ।होलेरीको स्वर्गद्वारी सडक खण्डको देब्रे भागमा ३ वटा अटो रिक्साहरु पार्किङ गरिएका थिए ।स्वर्गद्वारीबाट आएको बस र होलेरी देखि स्वर्गद्वारी जाँदै गरेको बसको पछाडि रहेको प्रहरी भ्यानले निरन्तर साइरन बजाइरहेको थियो ।अचम्मित हुँदै सर्वसाधारणहरु पनि हेर्नका लागि उपस्थित हुन थालेका थिए ।बाटो खुलाउन पुगेका ट्राफिक प्रहरीहरुले सिटी फुकेर सडक खुलाउन तल्लिन थिए ।यद्यपि स्वर्गद्वारीबाट आएको सवारी चालक सवारी पार्किङ गरेर अन्यत्र गएकाले प्रहरी भ्यान नै करिब १० मिनेट जाममा परेको थियो ।स्थानियहरुका अनुसार सवारी रोकेर उक्त गाडीका चालक सौचालय गएको हुनसक्ने अनुमान गरेका छन् ।त्यहिबिच ३ नं वडातर्फ जाँदै गरेका रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन सवार पालिका गाडी पनि केहिबेर जाममा परेको थियो।
निरन्तरको जामपछि ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक प्रजापति र पालिका अध्यक्ष पुन सवारीबाट ओर्लिएर ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएका थिए ।
किन लाग्छ होलेरी-स्वर्गद्वारी सडक खण्डमा सवारी जाम ?
होलेरी-स्वर्गद्वारी सडक खण्ड दाङको घोराही हुँदै प्युठानको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल स्वर्गद्वारी जोड्ने सडक खण्ड हो ।सडक एकतर्फी छ ।एकपटक कालोपत्रे भैसकेको उक्त सडक खण्ड पुनः पर्याप्त मात्रामा फराकिलो हुन सकेको छैन।केहि दिन अगाडि मात्रै उक्त सडक खण्डको जस्पुरस्थित रुन्टीगढी रोल्पाको भुभागमा मालबाहक ट्रकको एक्सएल भाचिदा सडक १ दिन पुर्ण रुपले अवरुद्ध बनेको थियो।
अर्को होलेरी बजारको आफ्नै स्थायी पार्किङस्थल भनेर सवारी पार्किङस्थल नभएका कारण अटोरिक्सा लगायत अधिकांश सवारीहरु सडक किनार पार्किङ गरिने समस्याले सडकक जाम हुन थालेको छ ।