ताजा अपडेट

कतिपयले फोन गरेर वडा अध्यक्ष ज्युलाई फोन दिनुस् भन्छन् : त्रिवेणी ३ कि महिला वडा अध्यक्ष वलीको अनुभव

होलेरी- त्रिवेणी गाउँपालिका वडा ३ रोल्पाकि वडा अध्यक्ष तिलाकुमारी वली (डाँगी)ले आफू महिला वडा अध्यक्ष भएका कारण कतिपय मानिसहरु फोनमा झुक्किने गरेको अनुभव सुनाएकि छन्।

रोल्पा जिल्लाभर रुन्टीगढी गाउँपालिका वडा नं ८ को वडा अध्यक्षमा महिला वडा अध्यक्ष तुल्सी पुन र त्रिवेणी गाउँपालिका ३ नं वडामा पनि महिला वडा अध्यक्ष तिलाकारी वली २ महिला जनप्रतिनिधिले नेतृत्व गरिरहेका छन्।उनीहरु दुबै २०७९ सालको स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित बनेका हुन्।रोल्पाका दुई महिला वडा अध्यक्ष नै उर्जाशिल,क्षमतावान र अब्बल सावित बनिरहेका छन्।शुक्रबार होलेरी खबरसंगको संवादका क्रममा त्रिवेणी ३ कि वडा अध्यक्ष तिलाकुमारी वलीले महिला भएका हिसाबले वडा अध्यक्षको जिम्मेवारीमा जनप्रतिनिधीको भुमिकामा रहन केहि चुनौतीहरु भएपनि त्यसलाई ब्यबस्थापनमा आफू सफल रहेको बताएकि छन्।

`गाउँघरमा महिला मान्छे घरको व्यबहार र कर्तव्य पनि निभाउन पर्यो।पदिय जिम्मेवारीका हिसाबले जनताले आशा र विश्वास गरेर निर्वाचित बनाएपछि उहाँहरुको पनि प्रभावकारी ढंगले सेवा गर्नै पर्यो।तर सबै कुरालाई ब्यवस्थापन गरेर सहज बनाउने प्रयासमा छु´-वडा अध्यक्ष वलीले भनिन्-`कतिपयले फोन गरेर मैले नै फोन उठाउँदा वडा अध्यक्ष ज्युलाई फोन दिनुन भन्नु हुन्छ।त्यतिबेला पो आश्चर्य लाग्छ´-उनले भनिन्।

आधा कार्यकाल बिताइसकेकि वडा अध्यक्ष वलीले आफूले हिजो चुनावी घोषणा पत्रमा उल्लेख गरेका कुराहरू कार्यान्वयनमा जोड दिइरहेको बताइन्।यस वर्ष लिङदुङ बजार भित्रको १ किलोमीटर सडक कालोपत्रे गर्ने गरि योजनाको पहल गरेको उनले बताइन्।वडापालिकावासीलाई आत्मनिर्भर बन्न र समृद्धिको दिशामा अगाडि बढाउन कृषिमा प्रोत्साहन गरिरहेको बताएकि छन्।`त्रिवेणी ३ नं वडालाई उज्यालो वडा घोषणा गर्ने योजना मार्फत अब ५% मात्रै बाँकि रहेको वडा अध्यक्ष वलीको भनाई रहेको छ।हामि निर्वाचित भएपछि ३ नं वडालाई उज्यालो वडा बनाउने लक्ष्यमार्फत करिब ९५% विद्युत बिस्तार गरिएको छ।अहिले नै हाम्रो वडालाई उज्यालो वडा घोषणा गर्न मिल्दो रहेछ।तर बाँकि रहेको ५% कार्यलाई पनि पुर्णता नदिदासम्म घोषणा नगर्ने योजनामा छु´-वडा अध्यक्ष वलीले भनिन्।

आफ्नो कार्यकाल भित्रै त्रिवेणी ३ मुहार फेर्न शिक्षा,स्वास्थ्य,खानेपानी,सञ्चार,यातायात जस्ता विकासका पुर्वाधारहरुलाई प्राथमिकतामा राखेर विस्तार र ब्यबस्थापनमा पुर्णता दिने गरि कार्य गरिरहेको उनको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस