ताजा अपडेट

चाडपर्वलाई खर्चिलो र भड्किलो नभइ सहिष्णुताशाथ मनाऔँ : रुन्टीगढी ६ नं वडा अध्यक्ष घर्ती

होलेरी- रुन्टीगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष घन बहादुर घर्तीले नजिकिदै गरेका पर्व दशै-तिहारको शुभकामना दिदै पर्वहरु खर्चिलो र भड्किलो नबनाएर सहिष्णुता शाथ आफ्नो क्षमता अनुसार मनाउन वडावासी तथा पालिकावासीमाझ अनुरोध गरेका छन्।

देखासिखी,खर्चिलो र भड्किलो तरिकाले चाडपर्व मनाउँदा आफैलाई आर्थिक भार लगायतका समस्या पर्ने भएकाले चाडपर्व जस्ता धार्मिक एवं सांस्कृतिक परम्पराहरुलाई सरल तरिकाले मनाउनु पर्ने जोड दिएका छन्।होलेरी खबरसंगको संवादमा वडा अध्यक्ष घर्तीले भने-हामिले ध्यान दिनु पर्ने कुरा हाम्रा चाडपर्वहरुले बोकेका सहिष्णुता,सद्भाव,सामाजिक एकता जस्ता कुराहरूलाई प्राथमिक दिने गरौँ।चाडपर्व मनाउने नाममा बिकृतीहरुलाई बढुवा दिने संस्कार हानीकारक भएकाले बिकृतीहरुलाई अन्त्य गरेर पर्वहरु उत्सवका रुपमा मनाऔँ।

मुलुकमा युवा जनशक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेकाले बढ्दो बेरोजगारीलाई अन्त्य गरेर युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तिनै तहको सरकार गम्भीर बन्नु पर्ने वडा अध्यक्षको घर्तीले बताएका छन्।देशमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेकाले भ्रष्टाचार अन्त्य गरि पार्दर्शीता,विकास,सुशासन र समृद्धि कार्यान्वयन गर्ने प्रत्येक जिम्मेवारी नागरिकको कर्तव्य र जिम्मेवारी रहेको उनले औल्याएका छन्।

शाथै वडा अध्यक्ष घर्तीले आउँदै गरेको बिजया दशमी,दिपावली र छड पर्वको देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीलाई शुभकामना ब्यक्त गरेका छन्।

शुभकामना

प्रतिक्रिया दिनुहोस