होलेरी- गाउँ सभामा असहमति हुँदा असार १० गते निर्धारित समयमा निति तथा कार्यक्रम पेश गर्न नसकेको रोल्पाको रुन्टीगढी गाउँपालिकाको कार्यपालिका आज बस्ने जानकारी प्राप्त भएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित गाउँ सभा सदस्यहरुले पालिका अध्यक्ष जनक पुनले प्रस्ताव गरेका (सामि)वैदेशिक रोजगार कार्यक्रममा असहमति जनाउँदा असार १० गते गाउँसभा बस्न सकेको थिएन।असार ११ गते उक्त प्रस्तमा असन्तुष्ट कार्यपालिका सदस्यहरूले होलेरी होटल जलजलास्थित आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका थिए ।बिगतका बर्षमा (सामी) कार्यक्रम संघिय बजेटद्वारा सञ्चालित थियो ।तर यस आर्थिक बर्षमा भने उक्त कार्यक्रमका लागि संघले ५०% मात्रै बजेट दिने भएको छ।बाँकि ५०% स्थानिय सरकार रुन्टीगढीले नै थप्नु पर्नेछ।पालिका अध्यक्ष पुनले बिगतका बर्षमा (सामी)कार्यक्रम सञ्चालनका लागि कार्यपालिका सदस्यहरूसंग कुनै छलफल नगरेकाले यस बर्ष पनि उक्त कार्यक्रम एक्लै चलाउन अनुरोध गरे।तर पालिकाको ५०% बजेट बिनियोजन गर्नका लागि भने कार्यपालिका सदस्यहरुले समर्थन गर्नै पर्ने हुन्छ।तर विपक्ष कार्यपालिका सदस्यहरूले पालिका अध्यक्ष पुनले एकलौटी र मनोमानी ढंगबाट एकल गतिविधि गर्न खोजेकाले आफूहरूको सहमति नभएको बताएका थिए।
आज बस्ने कार्यपालिका बैठकले कस्तो निर्णय गर्ला?भन्ने रुन्टीगढीवासीको प्रतीक्षा रहेको छ।कार्यपालिका सदस्यहरूले उक्त परियोजना मार्फत पालिका अध्यक्ष पुनलाई दबाब दिएर उक्त कार्यक्रममा कुनै प्रकारको भागबन्डा र स्वार्थ हुनसक्ने कतिपयको अनुमान रहेको छ।पालिका अध्यक्ष पुनले पनि कार्यपालिका सदस्यहरूलाई खासै महत्व दिएर वास्ता दिएको देखिदैन।अध्यक्ष पुन जसरी अनि पेलेरै जानुपर्छ भन्ने मानसिकतामा रहेको देखिन्छन् ।
यी दुई पक्षविचको बाल हठका कारण रुन्टीगढी गाउँपालिका स्थानिय सरकारले यस आर्थिक वर्षमा संविद्यानले नै निर्धारण गरेको नीति तथा कार्यक्रम पेश गर्ने अन्तिम समय असार १० भित्र गाउँसभा बस्न सकेन।यसको प्रतिकुल असर भनेको आगामी आर्थिक वर्षबाट संघीय सरकारबाट प्राप्त हुने कुल बजेट घटेर आउँने छ।
आज बस्ने कार्यपालिका बैंठकबाट पहिला विरोध जनाएका पालिका अध्यक्षको प्रस्तावमा हुबहु समर्थन गरेर फर्किए भने जनताले उनीहरुलाई हेर्ने दृष्टिकोणमा समेत बदलाव आउँने छ।उनीहरुले जनाएको विरोध जनताका पक्षमा थियो वा आफ्नो पक्षमा मात्रै थियो भन्ने कुराको फैसलाको पक्षमा सर्वसाधारणहरु रहेका छन्।