दाङ- स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ४७ को उपदफा (१) बमोजिम आफ्नो कार्य प्रगति पत्रकार सम्मेलन गरि घोराही उपमहानगरपालिकाले बिहिबार सार्वजनिक गरेको छ।
न्यायीक समितिका संयोजक एवं नगर उपप्रमुख हुमाकुमारी डिसीको अध्यक्षता एवं घोराही उप- महानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको हो।
विगत भन्दा १ प्रतिशत मुद्दाहरु कम भएको हुँदा न्यायिक समितिको कार्यसम्पादन राम्रो भएको र अझै सशक्त ढङ्गबाट १९ वटै वडाहरु मा न्याय सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्ने साथै केही वडाहरुमा गरि सकेको र बाकी रहेका वडाहरुमा तत्काल गर्ने न्यायीक समितिका संयोजक एवं नगर उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिएकी छन्।
पत्रकार सम्मेलनका प्रमुख अतिथि घोराही उप-महानगरपालिका का मेयर नरु लाल चौधरीले स्थानीय सरकारबाट जनतालाई सबै खाल्को सेवा,सुबिधा दिने विषयमा नगरपालिका सदैव तयारी अवस्थामा रहेको र केही अरु थप न्याय सम्बन्धि छलफलहरु छिटो र समयमा सक्नु पर्ने बताएका छन्।
कार्यक्रमको सहजिकरण कानुनी मामिला शाखाका प्रमुख प्रतलाकुमारी देवकोटाले गरेकी थिइन् ।