ताजा अपडेट

रोल्पा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न,रुन्टिगढीका रानाको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं- रोल्पा समाज जापानले आफ्नो तेस्रो अधिवेशनबाट गुरु प्रसाद राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जापानको टोकियोमा (२०२४-२-११ )सम्पन्न अधिवेशनले सर्बसम्मत रुपमा कार्यसमिति गठन गरेको हो । समाजका कार्यबाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन निवर्तमान महासचिब गुरू प्रसाद राना मगरले गरेका थिए।

संस्थाका प्रवक्ता रिदम रोका मगरको स्वागत मन्तव्यबाट शुरुवात भएको कार्यक्रममस समाजका कोषाध्यक्ष सुजन बुढा मगरले आर्थिक प्रतिवेदन प्रस्तुति गरेका थिए । रोल्पा समाज जापान को २ बर्षे कार्यकालको प्रतिवेदन समाजका कार्यबाहक अध्यक्ष प्रेम प्रकाश रोका मगरले पेश गरेका थिए ।

दया प्रसाद बुढा मगर ,रूपान्तरण घर्ती मगर,मिनु केसी र जोन छन्त्याल, लगायतका अतिथिहरुले आफ्ना भनाई राखेका हुन्।

“कर्मभुमी र जन्मभूमिकोलागि हामी रोल्पालीहरु गोलबद्ध हौं ” भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम रूपचन्द्र केसी ले संचालन गरेका थिए उक्त कार्यक्रममा आयोजित रोल्पाली कलाकारहरूको प्रस्तुतिहरूमा रोल्पालीहरू झुमेका थिए /रोल्पाली हरूको बाकलो उपास्थि रहेको थियो

रोल्पा समाज जापानले स्थापनाकाल देखीनै जापान बासी रोल्पाली तथा गैर-रोल्पालीहरु बीच सुखदुःख साटासाट तथा बिभिन्न संघ स-स्थासंग सहकार्य गरी परि आएको समस्यालाई समाधान गर्दै आएको छ।

आइतबार राजधानी टोकीयोमा सम्पन्न रोल्पा समाज जापानको तेश्रो अधिवेशनबाट चयन भएकस कार्य समिति अध्यक्ष गुरु प्रसाद राना रोल्पा रुन्टिगढी गाउँ वडा नं २ निवासी शिक्षित बौद्धिक एवं समाजसेवी ब्यक्ति हुन्।बिगतमा शिक्षण पेशामा रहेर अनुभव र चर्चा बटुलेका उनि केहि बर्ष यता जापानमा रहदै आएका छन्।

राना मगर नेतृत्वको नयाँ कार्यसमिति नामावली

१)अध्यक्ष -गुरु प्रसाद राणा मगर
२) वरिष्ठ उपाध्यक्ष -चन्द्र घर्ति मगर
३) उपाध्यक्ष- क्षितिज रोका मगर
४) उपाध्यक्ष- राजेन्द्र झाक्री मगर
५) महिला उपाध्यक्ष- दिलमाया थापा
६) महासचिब- रिदम रोका मगर
७) सचिब- रूपचन्द्र केसी
८) कोषअध्यक्ष- सुजन बुढा मगर
९) सहकोषअध्यक्ष- रबिना पुन मगर
१०) प्रवक्ता- घनश्याम ओली
११) साँस्कृतिक संयोजक विमल पुन मगर १२) खेलकुद संयोजक – गौतम केसी १३)गुन्मा केन क्षेत्रिय संयोजक-
हिमाल पुन मगर
१४) फुकुओका क्षेत्रिय संयोजक-
दिपेश डाँगी
१५) सेन्दाई क्षेत्रिय संयोजक –
खिम पुन मगर

सदस्यहरु:
१) हिमाल बुढा मगर
२) गिरिराज के सी
३) करण घर्ति मगर
४) योगेस भारती
५) कूलराज घर्ति
६) प्रगति बुढा
७) राजेन्द्र बुढा मगर
८) प्रितम पुन
९) रामसिङ रोका मगर
१०) राजेश घर्ती मगर
११) मोना सिंह ठकुरी
१२) आकाश बुढा मगर
१३) तिलक पुन मगर
१४) कुसुम बुढा मगर
१५) श्रीदेवी रोका मगर
१६) अन्जु बुढा मगर
१७) देबेन्द्र पुन मगर
१८) करमला बुढा मगर
१९)समीर घर्ती मगर
२०)यज्ञ बहादुर नेपाली

संरक्षक
प्रेम प्रकाश रोका मगर

सल्लाकारहरु
१) तारा प्रकाश बुढा
२) दया प्रसाद बुढा मगर
३) कृष्ण बहादुर रोका मगर
४) रुपान्तरण घर्ति मगर
५) रवि पुन मगर
६) मिनु केसी
७) लक्षिन पुन मगर
८) ज्योति थापा मगर
९) नन्द किशोर बुढा मगर

प्रतिक्रिया दिनुहोस