ताजा अपडेट

`जनतालाई धुलो खुवाउनेलाई धुलो चटाउँछौँ´: सभापति रबि लामिछाने(भिडियो सहित)

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ बुटवल सडकखण्डलाई देश कसरी बर्बाद भएको छ भन्ने विषयको ऐना भएको बताएका छन् ।

पटक पटक म्याद थप हुँदा पनि स्तरोन्नतीको कार्यले पूर्णता पाउन नसेकेको नारायणगढ बुटवल सडकखण्डमा हिँडेर दबाब यात्रा गरेका सभापति लामिछानेले यात्राको अन्त्यलाई सम्बोधन गर्दै आफूहरुले यात्राका क्रममा कति दुख कष्ट भोगियो त्यो आफूहरुलाई मात्र थाहा भएको तर त्यो पीडा र सास्ती त्यहाँका नागरिकले वर्षौँदेखि भोग्दै आएका बताएका हुन् ।उनले झण्डा वाला गाडीमा चढेर नेताहरूले जनतलाई धुलो उडाइरहने हो भने अब उनीहरुलाई पनि धुलो चटाउने चेतावनी दिएका छन्।

३ दिने नारायणगढ-बुटवल दबाब यात्रापछि रास्वापा सभापति लामिछानेले आज बुटवलमा यस्तो बताएका हुन्।

उनले वर्षौँदेखि बाटो नबनाएर जनतालाई धुलो खुवाउने सरकार र सम्बन्धित निकायलाई अब आफूहरु सँधै धूलो खाएर हिँडन् नसक्ने बरु कहिले बन्छ भनेर टुंगो नदिनेलाई उल्टै धूलो चटाउने बताएका छन् ।

”ज-जसले यहाँ काग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको छ । सरकार, सरोकारवाला, ठेकेदार कम्पनी सबैलाई भन्न चाहान्छु, कुनै पनि हातलमा समय निर्धारण गरेर, कहिलेसम्म यो बाटो गुणस्तरिय बन्छ भन्ने कुरा अब बताइएन भने, हामी सँधै बाटोमा धूलो खाएर हिँड्दैनौँ । तपाईँहरुलाई धूलो चटाउँछौँ ।”,उनले भने ।

भिडियो

प्रतिक्रिया दिनुहोस