काठमाडौं- कालजयी गायक शिशिर योगीको `मेरो देश डुब्यो´बोलको मार्मिक गीत सोमबार सार्वजनिक भएको छ।
गायक योगीले थुप्रै गीतहरू गाएका छन् जुन गीतहरु राष्ट्र र राष्ट्रियताका निम्ति समर्पित छन्।उनका गीतहरूले जो कोहि नेपाली नागरिकका मनमा देश प्रतिको प्रेमभाव जगाउन मद्दत गर्ने गर्दछ्न्।
कतिपय गीतहरूले सामाजिक र राष्ट्रिय अवस्थाको यथार्थ चित्रण गरेका छन्।`यो देशमा म एउटा मानिस खोजि रहे छु,गाउँमा कोहि छैन´सयौं गीतहरू छन् जुन गीतले देशको समसामयिक बिषयलाई व्यंग्य गरेका छन्।र नेपालीमाझ एकताको संदेश प्रवाह गरेका छन्।
उनै लोकप्रिय गायक योगीका `आमा´ बोलका गीतहरूले मातृत्वको महत्व बोध गराउँदछ्न्।उनका गीत सुन्दासुन्दै गह भरि आशु भरिन्छ्न्।उनै गीतले श्रोताका मन हलुका बनाई दिन्छन्।र नयाँ पुस्ताले बिर्सनै लागेको मातृत्व,राष्ट्र र राष्ट्रियता प्रतिको प्रेम,भक्ति र समर्पण भाव पुनः हृदयको अन्तरम प्रदेशमा कुटकुटले भरिने श्रोताहरु बताउँछन्।
सदावहार कालजयी गायक योगीले अहिले भिडियो सहित सार्वजनिक गरेको गीतले पनि देशको बर्तमान अवस्थालाई चित्रण गरेको छ।
भिडियो