होलेरी-रोल्पाको रुन्टीगढी गाउँपालिका जिल्लाकै चौतर्फी संभवना बोकेको पालिका हो।पर्यटन,ब्यापारीक,कृषि,लगाएत सबै पक्षको संभावना उच्च रहेको छ।
स्वर्गद्वारी महाप्रभुको जन्मभुमि रुन्टी,तपोभुमि गढिलेक,प्राकृतिक शिवपार्वती गुफा,भारत देखिने मुरुल्ले लेक जस्ता ऐतिहासिक तथा धार्मिक सम्पदा रहेको रुन्टीगढी गाउँपालिका तत्कालीन माओवादी १० बर्षे जनयुद्धको उद्गम स्थल समेत हो।
अचम्मको कुरो के छ भने बिकासको संभावना नै संभावना बोकेको रुन्टीगढी गाउँपालिकाले बिकासमा जति फड्को मार्नु पर्ने हो त्यसको तुलनामा निकै कम बिकाशिल छ।जिल्लाका केहि पालिका जस्तै रुन्टीगढी गाउँपालिका पनि राजनैतिक कृडा क्षेत्रमै सिमित बनाईएको छ।२०७४ को स्थानीय निर्वाचनमा हालका नेकपा एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढा पालिका अध्यक्षमा निर्वाचित बने।
उनि निर्वाचित बनेको केहि महिनाबाटै उनिमाथि जवर्जस्त राजनैतिक घेराबन्दी शुरु गरियो।तत्कालीन अध्यक्ष बुढा नेतृत्व स्थानिय सरकारको विरुद्ध अनगिन्ती बिज्ञप्ती निकालिय।चरणवद्व र्याली/जुलुस प्रदर्सन गरिए।त्यसो त अध्यक्ष बुढाले औषत काम बाहेक अपराधिक खालका कुनैपनि गतिविधि गरेका भने थिएनन्।
मुलुकमा २० बर्षपछि स्थानिय तहको निर्वाचन भएको थियो।२०५४ शाल पछि जन्मेकाहरु पनि कतिपय युवा जमात मतदाताको अधिकार प्राप्त गरिसकेका थिए।
गाउँ-गाउँमा सिंह दरवार भन्ने नारा सहित नेपालको अन्तरिम संविधान २०७२ अनुसार मुलुकलाई संघिय ढाचमा रुपान्तरण गरिएको थियो।२०५४ शालको स्थानिय तहको निर्वाचनमा मतदान गरेका कतिपयलाई स्थानीय सरकार कस्तो हुन्छ?भन्ने कुरा बिस्मृत भैसकेको थियो भने नयाँ मतदाता जसले पहिलो पटक मतदान गरेका थिए।
लामो समय तत्कालीन जनयुद्धको जवर्जस्त प्रभाव परेको रोल्पामा स्थानियहरुले केहि हदसम्म भर्खर चयनको स्वास फेर्न पाएका थिए।
त्यहि बिच अन्य दलको तुलनामा सांगठनिक अवस्था कम्जोर रहेको एमालेबाटै उम्मेदवार रहेका बालाराम बुढा अध्यक्ष पदमा निर्वाचित भएपछि दक्षिण रोल्पामा धेरैको अड्कल बिपरित परिणाम आयो।
परिणाम जे जस्तो आएपनि सर्वसाधारण जनताले भने बिकासका पुर्वाधार चाहन्थे उनिहरुलाई परिणाम प्रति खासै चासो थिएन।
तर केहि स्थानिय नेताहरूलाई भने उक्त चुनावी परिणाम अस्वीकार्य जस्तै बन्यो।
चारैतिर सडक,खानेपानी,विद्युत,पालिका भवन,सवारी खरिद,वडा कार्यालय भवन निर्माण जस्ता आधारभुत आवश्यक्ता अध्यक्ष बुढाकै पालामा निर्माण सम्पन्न भएका थिए।
पर्यटन प्रवर्द्धनका हिसाबले रुन्टीगढी बिकास सम्मेलन,होलेरी राष्ट्रिय अक्षर महोत्सव,मिडिया सम्मेलन जस्ता राष्ट्रिय स्तरका कार्यक्रम अध्यक्ष बुढाकै पालामा सम्पन्न भएका हुन्।
पहिलो अनुभव भएकाले तत्कालीन अध्यक्ष बुढाका पालामा पनि त्रुटि नभएका भने होइनन्।नियतवस त्रुटि र मानवीय त्रुटिमा भने आकाश पातलको फरक हुन्छ।
तत्कालीन अध्यक्ष बुढाकै पालामा बिश्वभर २ चरणको कोभिड महामारी फैलियो।रुन्टीगढीबाट देशभरका ईट्टाभट्टा र भारत तथा तेस्रो मुलुक गएकाहरु लकडाउनमै धमाधम घर फर्किए।
सयौंका संख्यामा घर फर्किएका उनीहरुलाई क्वारेन्टाइनमा राख्दा दुई आर्थिक बर्षको बिकासे बजेट समेत बिकासमा कार्यान्वयन हुन पाएन।संक्रमित चेकजाँच गर्ने लगात स्वास्थ्य सामाग्री खरिद एवं उपचारमा पनि उत्तिकै ठुलो मात्रामा पालिकाले खर्च उठाएको थियो।
यहाँसम्म राम्रै जिम्मेवारी निभाएका अध्यक्ष बुढा र स्थानिय सरकारले कोरोनाकालमै राहत बितरण गर्न खरिद गरिएको चामल गोदाममै कुहाएर खाल्डोमा पुर्दा भने चारैतिर आलोचना भएको थियो।
सायद अध्यक्ष बुढाको कार्यकाल भरि अपाच्य काम यहि एउटा भएको थियो।अर्कोतिर जन अपेक्षा अनुरुप माग सम्बोधन हुन नसक्नुमा उपलब्ध श्रोतसाधन,घेराबन्दीको असर लगाएत अनेकौं कारणहरु हुन सक्दछ्न्।
उस्तै छ रुन्टीगढी
तत्कालीन समयमा राजनैतिक हिसाबले अध्यक्ष बुढाको हरेक गतिविधिमा बिरोध नेपाली काङ्ग्रेस रुन्टीगढीले गरेको थियो।बुढाले धेरै जसो बिरोधको प्रत्युत्तरमा काङ्ग्रेस सत्ता बाहिर बस्न सक्दैन भनेर सार्वजनिक कार्यक्रमहरुमै अभिव्यक्ति दिने गर्दथे।पर्यटन लक्षित कार्यक्रम देखि कोरोना कालसम्म तत्कालीन सरकारको खुवै आलोचना,बिरोध र निन्दा गर्ने प्रमुख पात्र थिए थिए नेपाली काङ्ग्रेस रुन्टीगढीका संयोजक तथा हालका रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन।
तत्कालीन रुन्टीगढी काङ्ग्रेस संयोजक पुनले जनताका लागि सघाऊ पुग्ने काममा शाथ दिने भन्दा पनि तत्कालीन स्थानिय सरकारको हरेक गतिविधिमा बिरोधवास जनाई राखे।सरेचौर कोडारी डाँडा खेलकुद मैदान निर्माण कार्य,होलेरीलाई छुट्टै वडा बनाउने पालिकाको प्रस्ताव लगाएत कुनैपनि कुरोमा सहमति जनाएनन्।
लगातारको विरोधले जनताहरुमा पनि त्यस्तै खालको असर पुग्न थाल्यो।बिस्तारै समय बित्दै गयो अध्यक्ष बुढाको कार्याकाल सकियो।
२०७९ शालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका सभापति पुनले नै उम्मेदवारका लागि टिकट पाए।पुनले टिकट पाएपछि हिजोको सरकारको बिरोध जन आश्वासन,एकातिर युवा देखेपछि जनताहरुले मतदान गर्न दाँयाबाँया नसोचेर मतदान गरे।जनताले औषत भन्दा धेरै परिवर्तननै खोजेका थिए भन्ने बुझिन्छ।
अध्यक्ष पुन निर्वाचित बनेको डेढ बर्ष बितिसक्यो तर औंलामा गन्न सकिने गरि तत्कालीन अध्यक्ष बुढाको भन्दा नयाँ कार्य यो छ भन्न सकिने अवस्था छैन।स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले स्थानिय सरकारहरुलाई थुप्रै अधिकार प्रदान गरेको छ।
स्थानिय सरकार आफैमा ब्यबस्थापिका,कार्यपालिका तथा न्याय पालिका हो।
जनताले स्थानिय सरकारबाट सामाजिक अभाव,पिडा तथा बाध्यताका समस्याहरुको दिर्घकालिन समाधान खोजेका हुन्छन्।
जस्तो स्वास्थ्य चौकि नभएको ठाँउमा स्वास्थ्य कार्यालय स्थापना,अध्यारा गाउँमा विद्युत,विद्यार्थी घण्टौँ हिड्नु पर्ने ठाउँमा नजिकमा विद्यालय आदि प्रकारका अपेक्षा आजको युगका जनता आफ्ना जनप्रतिनिधिबाट कानका जाली फुट्ने भाषण र उधारो आश्वासन नभएर परिवर्तन चाहन्छन्।पन्चायतकाल देखि मुलुकमा संघियता रगणतन्त्र स्थापना हुँदासम्म बम बारुदका डर लाग्दो आवाज समेत सुनिसकेका जनता नेता तथा जनप्रतिनिधिका भाषण र आश्वासन सुनेर अघाई सकेका छन्।उनीहरु परिणाम चाहन्छन्।
रुन्टीगढीमा अहिलेसम्म नेकपा माओवादी र एमाले मौन छन्।हालका पालिका अध्यक्षले गरेका बिरोधका हिजोको गतिविधि उनीहरुले गरेका छैनन्।उनिहरु अस्थिरता नचाहेर वा अन्य कुनै कारणले?यसको कुनै स्पष्ट कारण भने खुल्न सकेको छैन।
हालको स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले पारदर्शी हुने गरि कुनै काम गर्न सकेको छैन।लोकतान्त्रिक शासन प्रणाली भएको मुलुकमा सार्वजनिक सुनुवाइको सर्वाधिक महत्व हुने गर्दछ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुरुप
स्थानिय सरकारहरुले प्रत्येक ३/३ महिनाको अन्तारालमा सार्वजनिक सुनुवाई गर्नुपर्ने हुन्छ।सार्वजनिक सुनुवाई जवाफदेहिता,जिम्मेवारी तथा पार्दशिताको महत्वपुर्ण साधन हो।यस बर्षको रुन्टीगढी गाउँपालिकाको सार्वजनिक सुनुवाई जनप्रतिनिधि तथा कर्मचारीहरु बिचनै सिमित रहेको थियो।सर्वसाधारणहरुको उपस्थिति अत्यन्त न्युन रहेको थियो।
आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रममा एउटा पनि नयाँपन दिन सकेको छैन।
दुर्गम गाउँहरुका स्थानियले भोगिरहेका अभाव तथा बाध्यताको अन्त्य गर्न स्पष्ट निति बनाउनुको सट्टा पालिका अध्यक्ष पुनले सडकबाट चामल काँधमा बोकेर एकाध जनताका घरमा जाने गरेका थिए।
अध्यक्षले बोकेको चामल उनको ब्यक्तिगत सहयोग भने थिएन।राज्यकोषको रकमबाट खरिद गरिएको थियो।
२१ औँ शताब्दीमा आईपुग्दा पनि जनताले भोगिरहेका भौतिक दु:खको चिरकालसम्म समाधान गर्न अग्रसर हुनुपर्ने ठाउँमा एकदुई सय मिटर जतिको दुरीमा चामल बोकेको फोटो तथा भिडियो सार्वजनिक गर्दा अनावश्यक प्रचार गरियो भनेर जनस्तरबाट ब्यापक दबाब आउँदा पछिल्लो समय अध्यक्ष पुनले चामल बोकेको तस्वीर तथा दृश्य देखिएका छैनन्।
अध्यक्ष पुन निर्वाचित भएपछि प्रमुख चुनौतीमा असफलता
रुन्टीगढी स्थानीय सरकारमा युवा नेतृत्व आउँदा जनताले थुप्रै किसिमका सामान्य तथा बिशिस्ट अपेक्षा गरेका थिए।जस मध्ये होलेरी बजारको जुर्नेटामा रहेको देवि भगवती मन्दिरको मुल जग्गानै अतिक्रमण गरेर समाजका धनाढ्य तथा राजनैतिक पहुँच भएकाहरुले कब्जा जमाएका छन्।तत्कालीन अध्यक्ष बुढाले १५ दिने अल्टिमेटम दिएपनि मन्दिरको जग्गालाई छुटकारा दिलाउँन भने सकेका थिएनन्।
तत्कालीन अध्यक्ष बुढाको बिरोधै बिरोध गर्ने युवा नेतृत्व जनक पुन सरकारमा पुग्दा सबैभन्दा पहिले स्थानियले मन्दिरको जग्गा फिर्ता गराएर समाजमा समानता कायम गर्ने अपेक्षा गरेका थिए।
कार्याकालको डेढ बर्ष बितिसक्दा सेत अध्यक्ष पुनले यस बिषयमा चुईक्क बोल्न सकिरहेका छैनन्।
वास्तविक सुकुम्बासीको पिडा,राजनैतिक पहुँच तथा हुनेखाने बर्गका अगाडि अध्यक्ष पुन निरिह सावित भैरहेका छन्।
अन्य प्रमुख जन अपेक्षाहरु पनि सम्बोधन हुन सकेनन्।
स्थानिय पर्यटन बिकास,धार्मिक सम्पदा संरक्षणमा रुन्टीगढी गाउँपालिकाले कुनै विशेष निति तथा कार्यक्रम ल्याउन सकिरहेको छैन।
सत्ता बाहिर हुँदा आफूहरुलेनै विरोध जनाएर काम रोकेको कोडारी डाँडा खेलकुद मैदानमा यस बर्ष रुन्टीगढी गाउँपालिका आफै संरक्षक बसेर तेस्रो होलेरी सांस्कृतिक महोत्सव सम्पन्न गरेको थियो।तथा इज्जत राखेको थियो।
कर्मचारी नियुक्ति,स्थानान्तरणमा समेत मनोमानी ढंगबाट अगाडि बढेको हालको स्थानिय सरकारमाथि आरोप रहेको छ।एउटा शिर्षकमा नियुक्ति गरेर अर्कै शिर्षकमा काम लगाएको जानकार बताउँछन्।
सरसर्ती हेर्दा बितेको डेढ बर्षमा स्थानिय सरकार जनताका सेवामा जति चलायमान हुनुपर्नेथ्यो यसमा गति ल्याउन सकिरहेको छैन।
हालको रुन्टीगढी स्थानिय सरकारमा अध्यक्ष पुन अल्पमतमा रहेका छन्।प्रदेश र संघमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी लगाएतका दलहरूको संयुक्त गठबन्धन रहेपनि रुन्टीगढीमा भने नेकपा माओवादी र नेकपा एमालेको तालमेल रहेको छ।
जनताका सेवा गर्नेलाई र गर्नलाई बहुमत र अल्पतको कुनै तुक बहुने बितेकै डेढ बर्षभित्र स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पुष्टि गरिसकेका छन्।
रुन्टीगढीमा भने उपलब्ध श्रोतसाधनको उचित ढंगबाट परिचालन तथा संभाव्यता अध्यन नगरेरै मनोमानी कामहरू अक्सर हुने गरेका छन्।
अध्यक्ष बुढा नेतृत्वको अघिल्लो रुन्टीगढी स्थानिय सरकार र हालको सरकारमा कुनै तात्विक भिन्नता नरहेको कतिपय राजनैतिक बिश्लेषकहरुको टिप्पणी रहेको छ।तुलनात्मक हिसाबले हालको सरकार बिकासमा अघिल्लो सरकार भन्दा पनि पछाडि रहेको कतिपयको बुझाई रहेको छ।
लोकतान्त्रिक शासन प्रणाली समेत रहेको आजका युगका जनप्रतिनिधि सुस्ताउँदा समाजको भविष्य तथा जनताका अधिकार पुर्ण रुपले कार्यान्वयन नहुने संभावना रहन्छ।