ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

दुईखोली पेदी राम्चे,धाैलाबाङ सडकखण्ड सञ्चालनमा खटिरहने वडा अध्यक्ष

होलेरी – २९ किलोमीटर घोराही- होलेरी सहिद मार्गको अवस्था अत्यन्त जिर्ण एवं जोखिमपूर्ण छ ।

दक्षिण रोल्पाबाट दाङ-रोल्पाका लागि दुईखोली,पेदी,राम्चे,धाैलाबाङ,सैबाङ हुँदै होलेरी सडकखण्ड धेरै यात्रुहरुको रोजाइको मार्ग हो । सहिद मार्ग हिलो धुलोको खालमा डुबेपछि अक्सर त्यसबाट बच्न दुईखोली राम्चे धौलाबाङ सडकखण्ड मोटरसाइकल तथा साना सवारी साधन चालकहरूको दाङ रोल्पा आवातजावत गर्ने विकल्प बनेको हो । यस वैकल्पिक सडकखण्ड बाह्रै महिना सञ्चालनमा राखि राख्न भने त्यति सजिलो छैन। वर्षा याममा वर्षात संगै ठाउँ-ठाउँमा पहिरो जाने गर्दछ ।

यस सडक खण्ड सुचारु गर्न रुन्टीगढी ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगी अनवरत रुपमा खटिरहेका देखिन्छन् । उनी निर्वाचित बने यता उक्त सडकखण्डमा  सार्वजनिक वस सेवा समेत उनकै पहलमा सुचारु गरिएको थियो । यद्यपि सार्वजनिक वस दिगो कालसम्म सञ्चालनमा रहिरहन सकेन । सार्वजनिक वस सञ्चालन गर्न कै लागि वडा अध्यक्ष डाँगीले दाङ रोल्पाका विभिन्न यातायात व्यवसायी तथा कार्यालयहरुसंग समन्वय गरेका थिए भने सनिवार सार्वजनिक विदाको दिन पारेर वस सञ्चालन गर्न कै लागि जनश्रमदान समेत गरेका थिए ।

रुन्टीगढी ५ बाट दाङ पुग्ने उत्तम वैकल्पिक मार्ग नै दुई खोली राम्चे धौलावाङ सडक भएकाले यसलाई सञ्चालनमा राखिरहनु वडावासीको हितका लागि आफ्नो प्रमुख जिम्मेवारी रहेको वडा अध्यक्ष डाँगीले बताउँछन् ।

बिगतमा उक्त सडक खण्ड अवरुद्ध हुँदा कहिले उनी रुन्टीगढी गाउँपालिकाले डोजर नपठाएको गुनासो सार्वजनिक गर्ने गथे त कहिले घोराही उपमहानगरपालिकासम्म पहल गर्न पुग्ने गर्थे । वडा अध्यक्ष डाँगी भन्छन्-`हाम्रो ५ नं वडापालिका दाङ जिल्लासंग सिमाना जोडिएको वडापालिका हो । दैनिक उपभोग्य सामाग्री संगै आकस्मिक विरामी,सुत्केरीहरुको समेत दाम्ग उपचार गर्न लाग्ने हाम्रो वडावासीको प्रमुख नाका यहि सडक खण्ड भएकाले यो सडक अवरुद्ध भयो भने खुलाउनका लागि म सबैभन्दा बढि आत्तिन्छु ।´

केहि दिन अघि मात्रै अविरल वर्षाका कारण फल्ले खोला नजिक अवरुद्ध रहेको उक्त सडक खण्ड गाउँपालिकाको डोजरमार्फत खुलाइएको वडा अध्यक्ष डाँगीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस