काठमाडौं- हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । गुरुङमाथि आफ्नो अफिसबाट निस्केर जाँदै गर्दा गुरुङमाथि सुरुमा पल्सर बाईक रप पछि दुई वटा रातो कारमा आएको समूहले पछ्याएर आक्रमण गर्न खोजेको हो ।
सुदनमाथि भौतिक आक्रमणको प्रयास भएपछि सरकारले उनको सुरक्षा संवदेनशीलतालाई ध्यान दिएर सुरक्षा बढाएको छ । सुदनले भने आफू अहिले सुरक्षित ठाउँमा रहेको प्रतिक्रिया दिएका छन् । यसअघि रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा पनि उनीविरुद्ध हमलाको प्रयास भएको थियो ।
तर, सुदनले आफू कसैसँग नडराएको र बलियो आत्मवल लिएर देश परिवर्तनको अभियानमा होमिएको प्रतिक्रिया दिएका थिए । उनले देशबाट भ्रष्टहरुलाई भगाएरै छोड्ने उद्घोष पनि गरेका थिए ।