ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

विभिन्न पार्टी परित्याग गर्दै माडी १ का दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

घर्तिगाउ: रोल्पाको माडी १ मा नेपाली कंग्रेस र नेकपा एमाले पार्टी परित्याग गर्दै दर्जन भन्दा बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएका छन ।

आज माडी १ को पेदीखोलामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माडी १ झिनुवाबाट नेपाली कंग्रेस परित्याग गर्दै खिमे वली, अमृत वली, तेज बहादुर खड्का, तेज कुमारी वली, कृष्णा वली, लक्ष्मण वली, नरेश खडका, हिमसरा वली, मन बहादुर वली, राम प्रसाद खत्री, ज्ञान बहादुर वली, इन्द्र प्रकाश केसी, रोमन वली र बिनोद खत्री तथा नेकपा एमालेबाट हरिकला वली पार्टी परित्याग गर्दै नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

   पार्टी प्रवेश गराउदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दीपेन्द्र कुमार पुनले प्रगतिशील पार्टी रोजेकोमा धन्यवाद दिदै स्वागत गरेका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्र माडी गाउँपालिका इन्चार्ज नन्द बहादुर पुन, अध्यक्ष भरत बहादुर बुढा मगर, सचिव वीर बहादुर घर्ती, १ नम्बर वडा इन्चार्ज आम बहादुर घर्ती, सरकारका वडा अध्यक्ष रोहित सिंह घर्तिमगर, १ नम्बर पार्टी अध्यक्ष बलसिङ घर्तिमगर अनेम संघ क्रान्तिकारी माडी गाउँपालिकाका कार्यबाहक अध्यक्ष बालिका सुनारलगाएतको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्र माडी १ का अध्यक्ष बलसिङ घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष निम बहादुर चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस