ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

फल्लेखोलाको पहिरो हटाउन शुरु गरियो श्रमदान,रुन्टीगढी गाउँपालिकाले पठाएन डोजर  

होलेरी- दाङ-रोल्पाको बैकल्पिक सडक खण्ड दुईखोली राम्चे हुँदै रुन्टीगढी गाउँपालिका वडा नं ५ को नयाँ सडक खण्डमा गत मंगलबारको भीषण वर्षातका कारण पहिरो खसेर अवरुद्ध सडक खुलाउन सनिवार आज स्थानीयसहित ५ नं वडा अध्यक्ष गोबिन्दबहादुर डाँगी श्रमदान कार्यमा जुटेका छन् ।

आफूले पटकपटक पहल गर्दा पनि गाउँपालिकाबाट पहिरो पन्छ्याउन जेसेवी नपठाइएपछि नागरिकप्रति परिरहेको असुविधालाई ध्यानमा राखेर श्रमदानमार्फत पहिरो पन्छ्याउने कार्यमा जुटेको वडा अध्यक्ष डाँगीले होलेरी खबरलाई जानकारी दिए । शाथै सडक पुनर्सञ्चलनमा ल्याउँन घोराही १९ नं वडा कार्यालयद्वारा घोराही उपमहानगरपालिकासंग जेसेवी माग गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस