होलेरी- रोल्पाका २३ बर्षिय रमेश वि.क. दुई बर्षिय नाबालक छोरासहित सम्पर्क बिहिन बनिरहेकि आफ्नी श्रीमतीको पर्खाईमा रहेका छन् ।
रमेशकि श्रीमती २० बर्षिय पुस्पा वि.क. बिगत १६ दिनदेखि सम्पर्क बिहिन बनेको परिवारले जनाएको छ ।
रमेश काठमाडौं गएको समयमा पुस्पा गत बैशाख २७ गते बिहान घरबाट सम्पर्क बिहिन बनेको रमेशकि आमा हरिकला वि.क.ले बताएकि छिन् ।
`नाती लगेर म चर्चमा गएको समय आफ्ना बुहारी कपडा समेत लगेर घरबाट सम्पर्क बिहिन बनेकि छिन्´ उनले भनिन् – `दुई बर्षको नाती छ । म आफै अशक्त छु ।नाबालक नातीको हेरचाहको चिन्ताले पिरोलेको छ। ´
रमेशका अनुसार उनले हुलियासहित पुस्पाको खोजीकार्यका लागि ईलाका प्रहरी कार्यालय होलेरीमा निवेदन दिएका छन् ।तर अझैसम्म कुनै अत्तोपत्तो नभएको उनले बताए । रमेश आफ्नो दुई बर्षे छोरासहित श्रीमती घर आउँने पर्खाईमा रहेको बताएका छन् ।