होलेरी- लुम्बिनी प्रदेश भौतिक पुर्वाधार मन्त्री भुमिश्वेर ढकालले होलेरी-ग्वारखोला अन्तर्गत रोल्पाको रानीवास खोलामा आगामी असोजसम्म प्रदेश सरकारले पक्की पुल निर्माण गरेर आफू सिलन्यास गर्न आउँने बताएका छन् ।
बिहिवार रानीवास खोलाको अवलोकन गर्न रोल्पाकि प्रतिनिधि सभा सदस्य सांसद इश्वरी घर्ती सहित प्रदेश मन्त्री ढकाल रानीवास खोला पुगेका थिए । रानीवास खोलामा रुन्टीगढी ८ का स्थानीयहरुले श्रमदान र स्थानीयहरुका सहयोगमार्फत बैकल्पिक पुलको निर्माण गर्न थालेका छन् ।जसमा वडा अध्यक्ष तुल्सी पुन समेत सहभागी बनेकी छन् । यसैबीच रानीवास खोला आएका मन्त्री ढकालले स्थानीयहरुलाई सम्बोधन गर्दै रानीवास खोलामा पुल आवश्यक रहेको भन्ने सूचनाप्रति आफू जानकार रहेकाले अवलोकन गर्न आएको बताउँदै आगामी असोजसम्म पुल निर्माण गरेर आफू सिलन्यास गर्न आउँने बताएका हुन् ।
प्रतिनिधि सभा सदस्य इश्वरी घर्तीले पनि रानीवास खोलामा पुल बनाउने कुरामा आफू गम्भीर रहेको र संघ र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिरहेको बताएकि हुन् ।
नेकपा एमाले रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत,रुन्टीगढी ६ का वडा अध्यक्ष घनबहादुर घर्ती,बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको टोलि बिहीवार रानीवास खोला पुगेको थियो । स्थानीय तथा वडा अध्यक्ष तुल्सी पुनले बिगतमा डिपिआर भएर बजेट विनियोजन गरिएको पुलको बजेट कटौती गरिएको भन्दै गुनासो गरेका थिए । जनगुनासोलाई सम्बोधन गर्दै मन्त्री ढकालले मिति नै तोकेर पुल निर्माण गर्ने बताएका हुन् ।
