रोल्पा- त्रिवेणी गाउँपालिका ३ नं वडा सचिव प्रेम बहादुर डाँगीको उपचारका क्रममा निधन भएको छ ।
२०६२ सालमा स्थायी जागिरमा प्रवेश गरेका वडा सचीव
डाँगीको बैशाख ८ गते सोमबार बिहान कार्यालय समयमा कार्यालय काम कै क्रममा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि दाङ घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैशाख ९ गते मंगलबार ४८ वर्षको उमेरमा निधन भएको त्रिवेणी गाउँपालिका रोल्पाका प्रेस संयोजक अमृत वलीले होलेरी खबरलाई जानकारी दिएका छन् ।
स्वर्गीय वडा सचीव डाँगी त्रिवेणी ३ रातामाटाका स्थानीय समेत रहेका थिए ।उनको निधनसंगै त्रिवेणी गाउँपालिका शोकमा डुबेको छ ।