होलेरी- रोल्पाको होलेरीमा आपूर्ति भइरहेको चन्दनखोला-होलेरी लिफ्टिङ खानेपानीको मोटर बिग्रदा बिगत २ साता देखि होलेरीवासी काकाकुल बनिरहेका छन् ।
होलेरी बजारमा खानेपानीको पर्याप्त श्रोत छैन ।बजारमा स्थानीय मुहानबाट आउँने पानी प्रति टोलमा १५/२० मिनेट मात्रै भर्ने पालो कुर्नुपर्ने हुन्छ ।लिफ्टिङ खानेपानीमा समस्या आएपछि २ सातासम्म मर्मत नगरिँदा बजारवासी संगै होटल ब्यबसायी सबैभन्दा बढी मारमा परेको गुनासो गर्न थालेका छन् ।अहिले प्रतिलिटर १ रुपैयाँ लगानी गरेर ट्यांकर तथा गाडीबाट खानेपानीको ब्यबस्थापन गर्न परिरहेको छहारी होटलका सञ्चालक लालबहादुर गिरीले होलेरी खबरसंग दुखेसो पोखे ।`होलेरी रोल्पाको प्रवेशद्वार हुनुका शाथै पर्यटकिय क्षेत्र हो´ – होटल ब्यवसायी गिरीले भने-`अहिले लिफ्टिङ खानेपानीको सुविधा अवरुद्ध बनेपछि खानेपानीको चरम् अभाव खेपिरहेका छौँ ।सम्बन्धित निकायको ध्यान जाओस् ।´
गिरी जस्तै अन्य बजारवासीको पनि लिफ्टिङ खानेपानी पुनर्सञ्चालनको माग रहेको छ ।
आगामी सनिबारसम्म लिफ्टिङ खानेपानी सञ्चालनमा आउँछ खानेपानी अध्यक्ष पुन
चन्दनखोला-होलेरी खानेपानी आयोजनाको बिग्रिएको मोटर मर्मत सम्पन्न भएर आगामी सनिबारसम्म सञ्चालनमा आउँने खानेपानी सञ्चालन समिति अध्यक्ष गोबिन्द पुन (नजर)ले होलेरी खबरलाई जानकारी दिएका छन् ।अध्यक्ष पुनले भने – `हामी मोटर बिग्रिएपछि लगत्तै मर्मतका लागि बुटवल पठाएका छौँ ।मर्मत भएर आएलगत्तै आगामी सनिबारसम्म खानेपानी सञ्चालनमा आउँनेछ ।
होलेरी बजार र आसपासका बस्तीहरुमा खानेपानी समस्याको दिगो समाधान भनेकै लिफ्टिङ खानेपानी आयोजना रहेको छ ।